लुम्बिनी प्रदेश सरकारले ल्यायो ३८ अर्ब ९७ करोडको बजेट



लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँको बजेट ल्याएको छ । शनिबारको प्रदेशसभा बैठकमा प्रदेशका अर्थमन्त्री चेतनारायण शर्माले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन् ।

उनले कूल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पुँजीगततर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन् । आगामी वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड प्राप्त हुने अनुमान गरिएको छ ।

यस्तै सङ्घबाट १२ अर्ब १ करोड र सङ्घबाट रोयल्टी ५० करोड तथा स्थानीय तहबाट राजस्व २ अर्ब ९२ करोड प्राप्त हुने अनुमान अर्थमन्त्री आचार्यको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिनियाँसँग विवाह गराईदिने भन्दै चीन लगेर बन्धक बनाउने एकजना पक्राउ

  काठमाडौँ । नेपाल प्रहरीले चिनियाँ नागरिकसँग बिहे गराइदिने प्रलोभनमा पारेर चीन लगेर

घरजग्गा खरिद बिक्री गर्नका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ । सरकारले घरजग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ

दुई वर्षमा मदनभण्डारी राजमार्गमा २९ किलोमिटर सडक कालोपत्रे

झापा । वन क्षेत्रका रुखहरु हटाउने अनुमति हालसम्म प्राप्त नभएको र पर्याप्त बजेट

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको अध्यक्षमा घर्तीमगर

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको अध्यक्षमा ओमबहादुर