उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट



काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपाल भ्रमणमा रहेका चिनियाँ जन–राजनीतिक परामर्शदात्री सभा (सिपिपिसिसी) को राष्ट्रिय कमिटी उपाध्यक्ष बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ ।

शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उनीहरुबीच शिष्टाचार भेट भएको हो । भेटघाटमा शुभकामना आदानप्रदानका साथै नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, उच्च तथा जनस्तरीय भ्रमण, परस्पर सहयोग, व्यापार तथा पर्यटनलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

यादवले बेटर नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलको नेपाल भ्रमणप्रति खुसी व्यक्त गर्दै नेपाल र चीनबीच सदियौँदेखि रहिआएको सौहार्द्रपूर्ण एवं अति घनिष्ठ सम्बन्ध हालैका वर्षहरुमा बहुआयामिक क्षेत्रमा अझ व्यापक, थप घनिष्ठ र उच्च बनेको बताए ।

“हामी दुई मुलुकले लामो इतिहास बोकेको मित्रवत् सम्बन्ध, सहयोग र सहकार्यलाई ठूलो महत्व दिएका छौँ”, उनले भने, “नयाँ उचाइ र आयाममा पुगेको नेपाल–चीन सम्बन्धले दुवै देशका नागरिकहरुको विकास, समृद्धि र दिगो शान्ति प्राप्तिको साझा आकाङ्क्षा पूरा गर्न महत्वपूर्ण आधारशिला प्रदान गरेको छ ।”

दुई देशबीचको उच्चस्तरीय भ्रमणले सम्बन्धलाई थप उचाइमा पुर्याएको तथा सहकार्यका क्षेत्रमा थप विस्तार गर्न मद्दत मिलेको पनि उपराष्ट्रपति यादवको भनाइ थियो । “छिमेकी मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको छ”, उनले भने,“चीनले झन्डै सात दशकदेखि नेपालको विकास प्रयासमा पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद दिन चाहन्छु ।”

उनले  सन् २०२६ सम्म नेपाल अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन गइरहेको र तीव्र आर्थिक एवं सामाजिक विकाससँगै नेपाली नागरिकको उन्नति र समृद्धिका लागि चीनले स्तरोन्नति हुनुपूर्व र पश्चात् थप सहयोग जारी राख्ने विश्वास व्यक्त गरे ।

नेपालको कूल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेको, द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षबाट नेपाललाई तुलनात्मक लाभका क्षेत्रमा उत्पादकत्व बढाउनका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरुमा सहयोगका लागि चीन सरकारलाई उनले आग्रह गरे ।

यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्वपूर्ण योगदान पुर्याउनेमा आफूहरु पूर्ण विश्वस्त रहेको बताउँदै उपराष्ट्रपति यादवले आगामी दिनमा पोखरा र चीनका विभिन्न सहरबीच व्यावसायिक उडान सुरु हुने विश्वास व्यक्त गरे ।

चीन सरकारले हालै (१ मे २०२४) देखि लागू हुने गरी चीन भ्रमण गर्ने नेपालीका लागि भिसा शुल्क मिनाहा गरेको र किमान्थाङ्का–चेन्ताङलगायत नाकाको पुनः उद्घाटन हुनाले हाम्रो द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान गरेको उनले बताए ।

चीनको ३०औँ चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय कमिटीका सदस्य तथा १४औँ सिपिपिसिसीका राष्ट्रिय कमिटी उपाध्यक्ष बेटरले चिनियाँ प्रतिनिधिमण्डलका तर्फबाट नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सबल र सुदृढ बनाउने पक्षमा चीन रहेको बताए ।

उनले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई थप दिगो, बलियो र प्रगाढ बनाउनुपर्नेमा जोड दिँदै नेपालको विकासमा चिनियाँ सहयोग निरन्तर जारी रहने बताउनुभएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाल मन्दिर जग्गा हिनामिना प्रकरणमा तीन जना पक्राउ

काठमाडौँ । नेपाल बाल सङ्गठनको नक्सालस्थित करिब २९ रोपनी जग्गा हिनामिना प्रकरणमा केन्द्रीय

रुसी सेनामा कार्यरत तनहुँको आँबुखैरेनीका रन्जित गुरुङको मृत्यु

  दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी सेनामा भर्ना

भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान

बागलुङ । जेठ पहिलो सातासम्म पश्चिम बागलुङको तल्लो क्षेत्रका बारी, खर्क र भिराला

ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट चार सय केभीबाट विद्युत् प्रसारण सुरु

काठमाडौँ । विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापार