काठमाडौं–तराई फास्ट ट्रयाकको १,६५३ मिटरको धेद्रे सुरुङ ‘ब्रेक थ्रु’



काठमाडौँ । काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ शुक्रबार ब्रेक थ्रु भएको छ । प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधीन धेद्रे सुरुङमार्गको जोडी सुरुङमध्ये निजगढबाट काठमाडौंतर्फ आउने १,६५३ मिटरको उक्त सुरुङमार्ग शुक्रबार ‘ब्रेक थ्रु’ गरिएको नेपाली सेनाले जनाएको छ ।

यसअघि गत जेठ ४ मा १४३० मिटर दूरीको लेनडाँडा सुरुङमार्ग पनि छिचोलिएको थियो । यो काठमाडौंबाट निजगढतर्फ जाने सुरुङमार्ग हो । रक्षा मन्त्री हरि प्रसाद उप्रेती, प्रधान सेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरण राज शर्मा, लगायतको उपस्थितिमा सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो ।

७१ किलोमिटर लम्बाइ रहेको काठमाडौं–तराई फास्ट ट्रया निर्माणका लागि नेपाली सेनाले जिम्मा लिएको छ । सुरूङ खन्ने काममा सेनाले राम्रै प्रगति हासिल गरेको छ। ३ वटै सुरूङमा काठमाडौंतर्फ जाने एउटा र आउने एउटा गरी दुई वटा सुरूङ छन्। जुन डबल लेनमा निर्माण भइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैदकट्टाका लागि ६ सय बीस जना कैदीबन्दीको सिफारिस

  काठमाडौँ ।  कारागार व्यवस्थापन विभागले कैदीबन्दीको कैदकट्टा सिफारिसमाथि कैफियत भए उजुरी दिन

नेपालको नवीकरणीय ऊर्जा, जलविद्युतमा लगानी गर्न ओपेक फन्डका अध्यक्ष तयार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना

अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन चीनले नेपाललाई थप सहयोग गर्ने राष्ट्रपति पौडेलको अपेक्षा

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका

भेरी करिडोरको रिम्नामा पहिरो जाँदा सडक अवरुद्ध

सुर्खेत ।  भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक