कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति



जनकपुरधाम । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । बुधबार अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई तीन दिनको म्याद दिएको हो ।

नागरिकतासम्बन्धी मुद्दामा मंगलबार काठमाडौंमा पक्राउ गरेर धनुषा ल्याइएका सिरोहियालाई बुधबार जिल्ला अदालतका न्यायाधीश चुडामन खड्काको इजलासले उक्त आदेश दिएको हो । प्रहरीले सिरोहियालाई १० दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थियो भने सरकारी वकिलले ५ दिन हिरासतमा लिएर अनुसन्धान गर्ने समय माग गरेको थिए ।

सिरोहियालाई मंगलबार थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्स्को केन्द्रीय कार्यालयमा प्रवेश गरी प्रहरीले कार्यकक्षबाटै पक्राउ गरेर धनुषा ल्याएको हो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको बचत अपचलन गरेको प्रमाणसहितका समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन प्रसारण गरिरहेको पृष्ठभूमिमा अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गुण नियन्त्रण विभागले भन्यो-कार्वाइड प्रयोग गरिएका फलफूल खरिदबिक्री नगर्नु

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कार्वाइड प्रयोग गरेका फलफूल खरिद

एसीडीका सदस्य राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा भाग लिन परराष्ट्रमन्त्री श्रेष्ठ इरान प्रस्थान

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार इरानतर्फ प्रस्थान गरेका छन् ।

महाकाली नदीमा डुबेर एकजनाको मृत्यु

बैतडी । महाकाली नदीमा डुबेर बैतडीका एक बालिकाको मृत्यु भएको छ भने एकजना

गाडीको ठक्करबाट भक्तपुरमा पैदल यात्रीको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–१ घलातेमा शनिबार सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नंको