यसरी गरियो नागढुंगा–सिस्ने खोला सुरुङमार्गको ‘ब्रेक थ्रु'(भिडियोसहित)



काठमाडौं । नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग सोमबार ‘ब्रेक थ्रु’ भएको छ । करिब चार वर्षअगाडि सुरु गरिएको मुख्य सुरुङ सोमबार ब्रेक थ्रु गरिएको हो ।

सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी भएका थिए । चन्द्रागिरि नगरपालिकाको बलम्बुदेखि धादिङको सिस्नेखोला जोड्ने यो सुरुङमार्ग आयोजनाको मुख्य सुरुङको लम्बाइ दुई हजार छ सय ६७ मिटर रहेको छ । आयोजनाको उद्धार सुरुङ ‘रेस्क्यु टनेल’ भने गत साउनमै ‘ब्रेक थ्रु ‘भइसकेको छ ।

सुरुङ पूरै खुले पनि यस मार्गबाट गाडी गुड्न भने समय लाग्नेछ । गाडी गुड्न अझै एक वर्ष लाग्ने आयोजनाका उपनिर्देशक गोविन्द दमरुले जानकारी दिए ।

यो सुरुङमार्ग प्रयोगमा आएपछि काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्मको यात्रा तीन मिनेटको हुने बताइएको छ । यो सुरुङमार्ग हाजमा आन्दो कर्पोरेसन जापानले निर्माण गरिरहेको छ । आयोजना निर्माणको सुरुवाती सम्झौताअनुसार काम सुरु भएको ४२ महिनाभित्र अर्थात् गत वर्ष वैशाखमै निर्माण सम्पन्न भइसक्नुपथ्र्यो ।

आयोजनामा तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल (ब्रिज) र एउटा फ्लाइओभर रहेका छन् । त्यस्तै, सुरुङभित्रको सडक ढलान, बत्ती जडान (लाइटिङ), अक्सिजन पाइप जडान (भेन्टिलेसन)लगायतका काम बाँकी रहेको आयोजनाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायक रवि ओड धरौटीमा रिहा

सुदूरपश्चिम । वैवाहिक बलात्कारको आरोपमा पक्राउ परेका नेपाल आइडल सिजन २ का विजेता

सफा हिमाल अभियानअन्तर्गत सेनाले उठायो दुई शव र आठ हजार किलो फोहर

काठमाडौँ । गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल

चीनमा पर्यटन प्रवर्द्धन गर्दै नाट्टा गण्डकी

  गण्डकी ।  नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदशेको आयोजनामा

ओलीले कांग्रेसका सांसदलाई आफ्ना कार्यकर्ता भन्ठान्नुभए जस्तो लाग्योः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसले सदनमा उत्पन्न भएको झडपको अवस्थाको जिम्मा सभामुखले लिनुपर्ने बताएको