पिएसओ र गाडी छोडेर हिँडेपछि महरा पक्राउः आइजिपी कुँवर



काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले पिएसओ र गाडी छोडेर हिँडेपछि पक्राउ गरिएको बताएका छन् ।

बुधबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्रहरी महानिरीक्षक कुँवरले प्रधानमन्त्री र गृहमन्त्रीसँग छलफल गरेर नै महरालाई पक्राउ गरिएको जानकारी दिएका हुन् ।

उनले भने, ‘उहाँले असहयोग गर्नुभयो । त्यसक्रममा गाडी छाडेर हिँड्नुभएपछि ल्याएका हौं ।’ उनले महराको स्वास्थ्य अवस्थाले हिरासतमा अप्रिय घटना नहोस् भनेर हिरासत बाहिर राखेर अनुसन्धान गर्नुपरेको बताए । प्रहरीले महरालाई चैतमा कपिलवस्तुबाट पक्राउ गरेको थियो ।

तर महरालाई स्वास्थ्य अवस्था कमजोर भएको कारण देखाउँदै सरकारी वकिलको कार्यालयले हाजिरी जमानतमा छाडेको थियो ।
त्यस्तै उनले पोखरास्थित सूर्यदर्शन सहकारीमा भएको ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता नदेखिएको बताए । उनले यसमा गृहमन्त्री लामिछानेको नाम आए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताए ।

महानिरीक्षक कुँवरले सहकरी प्रकरणको मुख्य नाइकेमा जीबी राई नै रहेको आफूहरुको पनि बुझाइ रहेको बताए। उनले हाल मलेसियामा रहेको सूचना आएकाले स्वदेश ल्याउने प्रयासमा लागिरहेको कुवँरले बताए ।

उनले मलेसियाको असहयोगका कारण जीबी राईलाई नेपाल ल्याउन नसकिएको बताए । उनले भने, ‘मलेसियामा जीबी राई छन् भन्ने हामी भन्छौँ। तर मलेसिया सरकारको सहयोग नहुँदा पक्राउ गर्न सकिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

काठमाडौँ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको शुक्रबार निधन भएको छ ।

प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय

भारी हिमपातका कारण बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध

बागलुङ । शुक्रबार बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड

पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला । महाकाली नगरपालिका–५ किम्तडीमा पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध भएको छ ।