एक करोड ३१ लाख रकम हिनामिना गरी फरार रहेका प्रभु बैंकका कर्मचारी पक्राउ



रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ९ मा रहेको प्रभु बैंकको एक करोड ३१ लाख २५ हजार रकम हिनामिना गर्ने आठबीसकोट नगरपालिका ११ राडीका ३१ वर्षीय निरजविक्रम शाहलाई प्रहरीले पक्राउ गरेको छ । प्रभु बैकंका अप्रेशन इन्चार्ज समेत रहेका शाहलाई बिहीबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १४ जमुनाहबाट प्रकाउ गरी शुक्रबार सार्वजनिक गरिएको हो । फरार रहेका शाहलाई बैंकिङ कसूर मुद्दामा पक्राउ गरिएको पत्रकार सम्मेलन मार्फत प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।

उनका अनुुसार शाहले बैंकमा कार्यरत रहँदाको समयमा माघ ७ गते, १७ गते र १९ गते बैंकको शाखा कार्यालयमा रहेको खाताबाट पटक पटक गरेर २९ लाख, ७८ लाख ७५ हजार र २३ लाख ५० हजार रुपैयाँ गरी जम्मा १ करोड ३१ लाख २५ हजार रुपैयाँ अनधिकृत रुपमा अपचलन तथा दुरुपयोग गरेर फरार रहेका थिए ।

शाहलाई पक्राउ गर्नको लागि उच्च अदालत सुर्खेतबाट फागुन १२ गते पक्राउ अनुमती जारी भई आएकोमा प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बाँकेसँग समन्वय गरी बिहीबार पक्राउ गरेको हो । उनलाई सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आगामी बजेटबारे अर्थमन्त्रीले लिए विकास साझेदारको राय

  काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट निर्माणका

  प्रहरी प्रवक्तामा एसएसपी कार्की

काठमाडौँ ।   नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न उद्योगमन्त्री भण्डारीको आग्रह

  काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँँ लगानीकर्ताले सोमबार भेट

वैशाखमा आगलागी र वन डढेलोबाट २६ जनाको मृत्यु

  काठमाडौँ ।  वैशाखमा अधिकतम् तापक्रममा वृद्धि भएसँगै मुलुकभर भएका आगलागी र वन