अमेरिका पठाइदिन्छु भन्दै ६० लाख ठगी, एक पक्राउ



 

काठमाडौँ । नेपाल प्रहरीले अमेरिका पठाइदिन्छु भनी ६० लाख ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर ७ घर भई हाल गोँगबु बस्ने ३६ वर्षीय लोकबहादुर राउतलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले अमेरिकामा  सात लाख ५० हजारसम्म तलब हुने प्रलोभनमा पारी खिमा डाँगीसमेत दुई जनालाई ठगी गर्ने राउतलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका राउतले अमेरिका जानका लागि प्रतिव्यक्ति  ८० लाखसम्म लाग्छ भनी दुई जनासँग ६० लाख लिएर फरार भएका थिए । राउतलाई गोँगबुबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता रेग्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दाङको पहेलपारमा दिनदहाडै दुई महिलाको हत्या

घोराही । दाङको घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिबार दिउँसो दुई महिलाको हत्या भएको प्रहरीले

लमजुङमा घलेगाउँ जोड्ने सडक धमाधम कालोपत्र

गण्डकी । गण्डकी प्रदेश सरकारको लगानीमा लमजुङको क्व्होलासोथार गाउँपालिकास्थित पर्यटकीय घलेगाउँ र भुजुङ

रातो मछिन्द्रनाथको रथ तान्न सुरू

ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको रथ तान्न शनिबारबाट सुरू

रसुवागढी नाकामा पर्यटकको चहलपहल बढ्दै

रसुवा । चीनको आधार इलाकामा पर्ने मानसरोवर कैलाश तीर्थ र ल्हासा क्षेत्र घुम्न