अब बूढानीलकण्ठ क्षेत्रमा पनि उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने



 

काठमाडौँ । काठमाडौँको बूढानिलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी सुरु गरेको छ । प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सिसी क्यामरा जडान भएसँगै अब सो क्षेत्रका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्षरुपमा निगरानी हुन लागेको हो ।

‘सुरक्षित काठमाडौँ उपत्यकाः हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा सिसी क्यामरा जडान भइ आइतबार उद्घाटन  गरिएको हो ।

गत वैशाख १२ गते रु पाँच करोडमा सम्झौता भइ सिसी क्यामरा जडान शुरु भएको थियो । जडान सम्पन्न भएसँगै आजदेखि उपत्यका प्रहरीले सो क्षेत्रको निगरानी सुरु गरिसकेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले संयुक्तरुपमा सिसी क्यामराको उद्घाटन गरे ।

सुरक्षित काठमाडौँ योजनाअन्तर्गत बूढानीलकण्ठ रुट, मानबहादुर मार्ग–चुनिखेल रुट र कपन रुटका ७९ स्थानमा सात पिटीजेडसहित एक सय ७४ स्थायी सिसी क्यामरा गरी जम्मा एक सय ८१ थान आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)मा आधारित सिसी क्यामरा जडान गरिएको प्रवक्ता मैनालीले बताए ।

त्यस अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठ क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयसँग हातेमालो गर्दै जाने बताए । प्रथम चरणमा सिसीटिभी जडान सकिएको र अब पुनः दोस्रो चरणमा समेत सहयोग उपलब्ध गराइने उनले जानकारी गराए ।

समारोहमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सिसीटिभी क्यामराले उक्त इलाकामा शान्ति, सुरक्षाका साथै समग्रमा काठमाडौँ उपत्यकाको आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गरे ।

उनले आगामी दिनमा समेत उक्त नगरपालिकासँग सहकार्य गर्दै जाने बताए । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामा, प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी वरिष्ठ उपरीक्षकहरु र वडा अध्यक्षहरुलगायतको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

महाकाली सिँचाइ तेस्रो चरण आयोजना मूल नहर निर्माणले पायो तीव्रता

कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भएको महाकाली सिँचाइ

गगन थापालाई कारबाही नगरे गृहमन्त्रीलाई गिरफ्तार गर्नुपर्छः रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कांग्रेस महामन्त्री गगन थापालाई गिरफ्तार

सुर्खेत बस दुर्घटना हुँदा दुईजनाको मृत्यु

  भेरीगङ्गा (सुर्खेत) ।  दैलेखबाट सुर्खेत आइरहेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु