रोबोटिक वारमा नेपालले स्वर्ण जित्यो



 

काठमाडौं ।  विश्वकर्मा ब्याटल अफ टाइटन्स नामक अन्तर्राष्ट्रियस्तरको रोबोटिक वारमा नेपाली टोलीले स्वर्णपदक जितेको छ ।  त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सोमबार भएको फाइनलमा नेपालको टोलीले भारतको इनभेन्सियल टिमलाई पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

उपाधिसहित नेपालले  तीन लाख ५० हजार प्राप्त गर्यो । त्यसैगरी, दोस्रो स्थानमा चित्त बुझाएको भारतको इनभेन्सियल टिमले एक लाख ५० हजार प्राप्त गर्यो ।

विजेता टोलीलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पुरस्कार प्रदान गरे । मन्त्री साउदले अबको युग रोबर्टको युग रहेको चर्चा गरे ।

नेविसङ्घका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले सङ्घले एतिहासिक प्रतियोगिताको आयोजना गरेको बताए । नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिको आयोजनामा भएको  प्रतियोगितामा यही माघ १३ गतेदेखि सुरु भएको थियो । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र पाकिस्तानका १४  वटा समूहले प्रतिस्पर्धा गरेका थिए ।

खेल, मनोरञ्जन, सृजना र आविष्कारलाई एकमुष्ठ प्रतिबिम्बित गर्ने यस प्रतियोगितामा प्रत्येक प्रतियोगी समूहले आफैँले आविष्कार गरेको मानव नियन्त्रित रोबोट्स एकापसमा भिडाइ उक्त रोबोटहरूको डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुग्लिन–नारायणगढ सडकमा ट्रक पल्टिएपछि…

मुग्लिन । मुग्लिन–नारायणगढ सडक खण्डको ३ नम्बर पुल नजिकै कोइला बोकेको ट्रक सडकमा

रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–१ ख्याहाले एकल महिला–पुरुषलाई सम्मान गरेको छ । वडा

काभ्रेमा टिपर दुुर्घटनामा चालकको मृत्यु

काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा

दही र महीको माग बढ्दै, भोजभतेरमा दही महीको प्रयोग अनिवार्यजस्तै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा गत वर्षसम्म विवाह, व्रतबन्ध र भोजभतेरका अवसरमा