टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन भएको लेखा समितिको ठहर, अनुसन्धान गर्न अख्तियारलाई निर्देशन



काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिले नेपाल दूरसञ्चार प्राधिकरणले लागू गर्न खोजेको विवादित टेरामक्स प्रविधि खरिद प्रक्रियामा कानुनको उल्लंघन भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुसन्धान गर्न निर्देशन दिएको छ ।

समितिको बुधबार बसेको बैठकले टेरामक्स प्रविधि खरिद प्रक्रियाका बारेमा थप अनुसन्धान गरी कानुनबमोजिम अभियोजन अघि बढाउन अख्तियारलाई निर्देशन दिएको हो ।

समितिका सभापति ऋषिकेश पोखरेलले टेरामक्स खरिद प्रक्रिया हाललाई यथास्थितिमा राख्दै यसबारे शीघ्र अनुसन्धान गरी निष्कर्षमा पुर्याउन समितिले अख्तियारलाई निर्देशन दिएको बताए । समितिले अनुसन्धानपछि दोषी देखिएका व्यक्तिहरुविरुद्व कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनसमेत अख्तियारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
हामीलाई हटाउन सजिलो छैन, इतिहास, मुद्दा र हाम्रो जादुवाला नम्बर छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू पाँचै वर्ष प्रधानमन्त्री बन्ने बताएका छन्

संविधानको अभ्यास गर्दा केही कमजोरीहरु देखिएका छन्, संशोधन गर्नुपर्छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांगेस मात्रै राष्ट्रिय पार्टी भएको दाबी

सरकारका प्रवक्ता भन्छिन्-बजेटका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर जाने प्रयत्न भइरहेको छ

सुदूरपश्चिम । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण

महाधिवेशनका लागि एकीकृत समाजवादीका एक हजार आठ सय प्रतिनिधि छनोट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार आठ