अस्पतालहरुलाई मन्त्रालयको आग्रहः चाडपर्वमा आकस्मिक चिकित्सकीय समूह र एम्बुलेन्स तयारी अवस्थामा राख्नु



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वमा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सार्वजनिक बिदाको दिन सबैजसो स्वास्थ्य संस्थाको बहिरङ्ग सेवा बन्द हुने भएकाले आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताललाई आग्रह गरिएको बताए ।

उनका अनुसार अस्पताललाई आकस्मिक चिकित्सकीय समूह, आधारभूत आकस्मिक मेडिकल प्राविधिक र एम्बुलेन्स तयारी अवस्थामा राख्न आग्रह गरिएको छ ।

प्रवक्ता बुढाथोकीले चाडपर्वमा चिकित्सकको सल्लाह विना औषधि सेवन नगर्नसमेत आग्रह गरे । मन्त्रालयका चाडपर्वको बेला विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोगले वायुप्रदूषण, ध्वनि प्रदूषण, आगलागी तथा आगोजन्य विपद्का घटना निम्त्याउन सक्ने हुनाले आफू पनि जोगिन र अरूलाई पनि असर नपुर्याउनसमेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मे त्हलें प्रीब पर्व’ मनाउँदै गुरुङ समुदाय

मुग्लिन । गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व मनाउँदै

चियापारखीको रोजाइ ‘पोखरेलको मट्का चिया’

काठमाडौं। चियाको चुस्कीमा गफिने नेपालीको बानी नै हो। चिया साथीभाइ, आफन्त, इष्टमित्र भेटघाटको

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

–सुवास दर्नाल सोलुखुम्बु । वसन्त ऋतुको आगमनसँगै सगरमाथा आरोहणका लागि आवश्यक तयारी सुरु

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको