घर बहालबाटै दुई महिनामा महानगरले उठायो ५२ करोड राजश्व



काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार रुपैयाँ राजस्व असुल गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । चालु आर्थिक वर्षका लागि महानगरले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको महानगरको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए ।

गत आर्थिक वर्षको सोही अवधिलाई तुलना गर्दा चालु आर्थिक वर्षको साउन र भदौमा २४ करोड भन्दाबढी राजस्व असुल भएको छ । चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा सबैभन्दा बढी घरबहाल करबाट ५२ करोड असुल भएको राजस्व विभागका प्रमुख काफ्लेले बताए ।

त्यसैगरी सम्पत्ति करबाट २५ करोड असुल भएको छ । पछिल्लो समय महानगरमा बहाल कर तिर्ने करदाता बढेकाले राजस्व रकम बढेको प्रमुख काफ्लेको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गिरीबन्धु टि–स्टेटमा भएको भनिएको नीतिगत भ्रष्टाचारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । सहकारीका लाखौं बचतकर्ताको अर्बौ रुपैयाँ ठगी प्रकरण र झापाको गिरीबन्धु टि–स्टेटमा

डेल कम्पनीको नक्कली लोगो मोनिटरमा टाँसेर बिक्री गर्ने दुईजना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली लेवलिङ गरेर कम्प्युटर बिक्री गरेको आरोपमा एक विदेशी नागरिकलाई

नेप्सेमा ४५ अंकको बृद्धि

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले बढेको छ

२४ करोड बिगो माग दाबी गर्दै कैलाली मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख