शिक्षक महासङ्घसँगका सहमतिका बुँदा शिक्षा विधेयकको संशोधनमा समावेश



 

काठमाडौँ । प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयक, २०८० माथि सरकार र नेपाल शिक्षक महासङ्घसँग भएका सहमतिलाई सम्बोधन हुने गरी सांसदबाट संशोधन पेस भएका छन् ।

यही असोज २१ गते सैद्धान्तिक छलफल सकिएर सदस्यलाई संशोधन दर्ताका लागि ७२ घन्टाको समय (आज दिउँसो ४ सम्म)  समय दिइएको थियो । संशोधनमा यही असोज ५ गते नेपाल शिक्षक महासङ्घ र असोज १२ गते राहत शिक्षक केन्द्रीय समितिसमेतसँग भएका सहमतिका बुँदालाई समावेश गर्ने गरी प्रमुख दलका सचेतकहरुको समन्वयमा संशोधन प्रस्तुत गरिएको छ । सांसदले संयुक्त र एकलरुपमा  एक सय ५० संशोधन दर्ता गराएका छन् ।

सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले आजसम्म संशोधनका लागि समय दिइएकाले यकिन विवरण प्राप्त नभए पनि प्रक्रियागतरुपमा आएका संशोधनलाई एकीकृत गरी प्रस्तुत गरिने जानकारी दिए ।

सरकारले संसद्मा विधेयक दर्ता गरेपछि महासङ्घले काठमाडौँ केन्द्रित आन्दोलन गरेसँगै भएको वार्तामा विभिन्न बुँदामा संशोधनका लागि सहजीकरण गर्ने सहमति भएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सांसदले उठाएका प्रश्नको जवाफसहित महासङ्घसँगका सहमतिका बुँदा असोज २१ गतेको बैठकमा प्रस्तुत गरिसकेका छन् ।

विधेयकमाथि असोज १९ गतेको बैठकमा सैद्धान्तिक छलफलमा सांसदले भाग लिएका थिए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनेगरी कार्यसूचीमा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भीमदत्त नगर सभापति कलौनीको अन्त्येष्टि

  कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरका भीमदत्त नगरका सभापति अच्युतराज कलौनीको आइतबार हिन्दू

पदोन्नती भएका ३७ जना प्रहरी उपरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । बढुवा भएका ३७ प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी  चिन्ह दिइएको छ । हालै

सट्टेबाजीमार्फत तीन अर्ब भन्दाबढी करोबारमा संलग्न २४ जना पक्राउ

काठमाडौँ । ‘बेटिङ एप्लिकेसन’मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अवैध अनलाइन जुवा (सट्टेबाजी) लगायतमा

टिपरको ठक्करबाट तनहुँमा आमाको मृत्यु, छोरा घाइते

  तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा आइतबार टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा