विद्युत् विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो



काठमाडौँ । प्रतिनिधिसभामा विद्युत् विधेयक, २०८० का सैद्धान्तिक पक्षमाथिको छलफल सकिएको छ । छलफलमा सहभागी सांसदहरुले ऊर्जा क्षेत्रको समग्र विकासका लागि प्रस्तुत विधेयकका सबै पक्षको समीक्षा गरी त्यसका कमजोरी सुधार गर्न आवश्यक भएको बताए ।

मुलुकको समग्र आर्थिक विकासको मेरुदण्डका रुपमा ऊर्जा क्षेत्रलाई लिइएपनि विधेयकले त्यसलाई पूर्ण रुपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै उनीहरूले सरकारी, सार्वजनिक तथा निजी क्षेत्रको सामूहकि प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको विकास सहज हुने बताए । उनीहरुले आगामी ३० वर्षसम्म अर्को कानुन तर्जमा गर्ननपर्ने गरी विधेयकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

बिजुलीको आन्तरिक खपत बढाउन औद्योगिक वातावरण बनाउनुपर्ने उल्लेख गर्दै सांसदहरुले बिजुलीको विषयमा राम्रै बहस भएपनि पानीको उपयोगका बारेमा विधेयकले मौन रहेको टिप्पणी गरे । जलाशययुक्त ठूला आयोजना निर्माण गर्दा त्यहाँ जम्मा हुने पानीको उपयोगलाई विधेयकमा प्रष्ट पार्न जरुरी रहेको उनीहरुको भनाइ थियो ।

विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुमा दिपकबहादुर सिंह, सुनिता बराल, जावेदा खातुन, श्यामकुमार घिमिरे, हेमराज राई, दुर्गा राई , तुजुलाल चौधरीलगायत सहभागी हुनुहुन्थ्यो । विधेयकमाथि सांसदले उठाएका प्रश्नको जवाफ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अर्को बैठकमा दिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गर्मी बढेकोबढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँ । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल

न्याय देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन

पर्यटकको रोजाइ बन्‍दै धरानको ‘ओशो पार्क’

धरान । धरान उपमहानगरपालिका-१३ मा रहेको ‘ओशो पार्क’ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा

संसद बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको छ । आज