गुरुकूलमा अनुशासनसँगै व्यावहारिक ज्ञान



मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–८ का सुजन अधिकारी ज्योतिष बन्ने चाहनाले गुरुकूलमा भर्ना भए ।

गैँडाकोट–१ मा रहेको मौलाकालिका संस्कृत विद्यापीठ गुरुकूलमा कक्षा ८ मा अध्ययन गर्ने सुजनले अहिले आफूमा नियमको पालनासँगै अनुशासनको विकास भएको बताए ।

‘यहाँ बिहान ४ बजे उठ्ने नित्यकर्म गर्ने, १५ मिनेट ध्यान, पाँच मिनेट प्रणायम र महर्षी पूजा गर्ने, पूजा पछि अखण्ड रुद्राभिषेक पाठ बिहान ६ बजेभित्र नै गरिसक्छौं’, उनले भने, ‘जीवनमा अनुशासन, समयको महत्व, सरसफाइ र कर्मको ज्ञान मिलेको छ ।’

मौलाकालिका धार्मिक सेवा समिति गैँडाकोटमार्फत मन्दिर परिसरमा सञ्चालित संस्कृत विद्यापीठ गुरुकूलमा ३२ जना विद्यार्थी अध्ययनरत छन् । गुरुकूललाई धर्मशास्त्र सिकाउने केन्द्रका रूपमा धेरैले बुझ्ने गर्दछन् ।

यसको गहिराइ बुझ्दा धर्मशास्त्र सँगै व्यावहारिक ज्ञान एकै ठाउँमा सिकाउने थलो भएको अधिकारीले बताए । गुरुकूलमा अध्ययनरत विद्यार्थीमा संस्कृतप्रतिको मोहमात्र होइन, जीवन र जगतसँग परिचित हुने अभ्यासको विकास भएको अध्ययनरत विद्यार्थीको भनाइ छ ।

अर्घाखाँचीका १४ वर्षीय दिनेश पौडेल अहिले गुरुकूलको कक्षा ८ मा अध्ययनरत छन् । कक्षा ५ सम्म अर्घाखाँचीकै गाउँको स्कुलमा पढेका पौडेल कक्षा ६ देखि गुरुकूलमा पढ्न थालेका हुन् । सामान्य विद्यालयको पढाइभन्दा गुरुकूलका कक्षाहरू उनका लागि विशेष भएको छ ।

गुरुकूलको पढाइ, रहनसहन, खाने, बस्ने सबै कुरा बेग्लै लाग्ने गरेको पौडेलले बताए । ‘म यहाँ आफ्नै इच्छाले पढ्न आएको हो, यहाँ आएपछि जीवनशैलीमा निकै परिवर्तन भयो’, उनले भने, ‘दैनिक कर्मले गर्दा अनुशासन र स्मरण क्षमतामा पनि परिवर्तन आएको छ ।’

गुरुकूल शिक्षामा धर्म, संस्कार र संस्कृति सिकाइन्छ । प्राचीनकालदेखिको प्रभावशाली शैक्षिक प्रणालीका रूपमा गुरुकूल शिक्षालाई लिने गरिन्छ । गुरुको आश्रममा गएर शिक्षा लिइने पद्धतिलाई गुरुकूल शिक्षाका रूपमा बुझिन्छ ।

पछिल्लो समय गुरुकूलको अस्तित्व मेटिँदै गएको बेला मौलाकालिका संस्कृत विद्यापीठ यसको नमूनाका रूपमा रहेको समितिका अध्यक्ष शालिकराम सापकोटाले बताए । गुरुकूल शिक्षाबाट धर्मशास्त्रसँगै व्यावहारिक ज्ञानले सानै उमेरमा असल मान्छे बनाउन सहयोग पुग्ने उनको भनाइ थियो ।

यहाँ वैदिक धर्म संस्कृतिको संरक्षणका लागि बेद, व्याकरण, संस्कृत भाषा र कर्मकाण्ड विषयका साथै वैदिक संस्कारलाई आधुनिकतर्फ लैजानका लागि अङ्ग्रेजी, गणित र नेपाली विषय पनि अध्यापन हुँदै आएको सापकोटाले जानकारी दिए । ‘कक्षा ८ सम्म अध्ययन हुँदै आएकामा अब १२ कक्षासम्म अध्ययन गराउन मिल्ने गरी भवन निर्माण भएको छ’, उनले भने, ‘विद्यार्थीको उत्साह र बढ्दो महत्वले गुरुकूल सञ्चालनमा उत्साह मिलेको छ ।’

गुरुकूलमा मुख्यगरी विद्यार्थीलाई अनुशासित बनाई जीवन दर्शन र धर्मशास्त्रको ज्ञान दिइने सापकोटाले बताए । विद्यार्थीहरूलाई बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म व्यस्त राख्ने गरिन्छ ।

‘खाने, बस्ने, खेल्ने, सुत्ने, पढ्ने, ध्यान गर्ने, पूजापाठ गर्ने, योग गर्ने, घर जाने सबै कुराको समय तोकिएको हुन्छ, समयको पालना गर्नु पनि अनुशासन हो’, उनले भने, ‘सामान्य स्कुलमा पढाइ हुने गणित, सामाजिक, अङ्गे्रजी जस्ता विषय यहाँ पनि अध्यापन गराइन्छ ।’

गुरुकूलमा धर्मसंस्कार पढाइने भएकाले पनि विद्यार्थीलाई असल काम गर्न प्रोत्साहित गरिन्छ । ध्यानले स्मरणशक्ति मात्र नभई दिमाग तेज हुनुका साथै गुरुकूलले अनुशासित हुन मद्दत गरेको विद्यार्थीहरूको अनुभव छ ।

नैतिकता, आदरभाव, सम्मान, संस्कृति र संस्कारलाई मानमर्यादा गर्नेबारे सानै उमेरमा सिक्न पाउँदा असल नागरिक बनाउन गुरुकूल शिक्षा उदाहरणीय शिक्षा रहेको अध्यक्ष सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौंको गोकर्णेश्वरमा एक महिलाको हत्या, नाबालकसहित पाँच जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वरमा महिलाको हत्या गरी बोरामा प्याक गरेर शव फालिएको घटनामा

कुलमानको जवाफः घाटामा रहेको संस्थालाई निरन्तर नाफामा लगेको छु, कारबाही गर्नुपर्ने कुनै कारण छैन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण बुझाएका

पूर्वराजालाई विमानस्थलमा समर्थहरुको भव्य स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किएका छन् । पोखराबाट चार्टर जहाजमार्फत

गेटा मेडिकल कलेजलाई चाँडै विश्वविद्यालयमा स्तरोन्नति गरिने

कञ्चनपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका