साउनमा भित्रियो १ खर्ब १६ अर्ब २ करोड रेमिट्यान्स



काठमाडौं । आर्थिक वर्षको पहिलो महिनामा अहिलेसम्मकै धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन महिनामा एक खर्ब १६ अर्ब २ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अमेरिकी डलरमा भने गत वर्षको साउनको तुलनामा यो साउनमा २१.५ प्रतिशतले रेमिट्यान्स वृद्धि भई ८७ करोड ९८ लाख डलर पुगेको छ । यसअघि गत असार महिनामा अहिलेसम्मकै सर्वाधिक १ खर्ब ८ अर्ब ४ करोड रुपैयाँ भित्रिएको थियो ।

चालु खाता ३३ महिनापछि धनात्मक भएको छ। २०७७ मंसिरदेखि निरन्तर ऋणात्मक रहेको चालु खाता यसपालि साउनमा १२ अर्ब ९९ करोडले बचतमा पुगेको छ।

साउनमा मूल्यवृद्धि सात दशमलव ५२ प्रतिशत

चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५२ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले  सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनामा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि आठ दशमलव ९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि छ दशमलव ४२ प्रतिशत बराबर रहेको छ ।

यो अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि हिमाली क्षेत्रमा ११ दशमलव ४६ प्रतिशत बराबर रहेको छ । त्यस्तै, काठमाडौँ उपत्यकामा आठ दशमलव ५०, तराईमा छ दशमलव ७० र पहाडमा सात दशमलव ५० प्रतिशत मूल्यवृद्धि देखिएको छ ।

गत साउन महिनामा आयात एक दशमलव छ प्रतिशतले, निर्यात आठ दशमलव सात प्रतिशतले र कुल वस्तु व्यापार घाटा शून्य दशमलव सात प्रतिशतले घटेको छ । त्यस्तै विप्रेषण आप्रवाह गत वर्षको सोही अवधिको तुलनामा २५ दशमलव आठ प्रतिशतले बढेर  एक खर्ब १६ अर्ब दुई करोड पुगेको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति  ३२ अर्ब ९० करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति  १५ खर्ब ७३ अर्ब १२ करोड बराबर रहेको छ ।

साउन महिनामा सरकारको खर्च  ३५ अर्ब चार करोड र राजस्व परिचालन  ७८ अर्ब ८७ करोड रहेको छ ।

यो अवधिमा विस्तृत मुद्राप्रदाय दुई दशमलव चार प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा भने यस्तो मुद्राप्रदाय १० दशमलव आठ प्रतिशतले बढेको छ ।

साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन दुई दशमलव तीन प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा शून्य दशमलव एक प्रतिशतले घटेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११ दशमलव नौ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर तीन दशमलव आठ प्रतिशत रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आहा ! पर्यटकीय गन्तव्य रारा

मुगुको मुख्य पर्यटकीय गन्तव्य रारा तालमा डुङ्गा शयर गर्दै पर्यटक । तस्बिर: नृपेन्द्रबहादुर

महाकाली सिँचाइ तेस्रो चरण आयोजना मूल नहर निर्माणले पायो तीव्रता

कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यसहित निर्माण भएको महाकाली सिँचाइ

मनास्लु क्षेत्रमा पर्यटक शुल्कमार्फत दुई करोड ५० लाख राजस्व सङ्कलन

गोरखा ।  प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्र घुम्न

गगन थापालाई कारबाही नगरे गृहमन्त्रीलाई गिरफ्तार गर्नुपर्छः रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले कांग्रेस महामन्त्री गगन थापालाई गिरफ्तार