हङकङबाट नेपालमा यसरी गरेको थियो तस्कर समूहले सुन तस्करी



काठमाडौँ । प्रहरीले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा काठमाडौंमा पेश गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले हङकङबाट तस्करी गरी ल्याइएको सुन तस्करीकोे अनुसन्धान प्रतिवेदन बुधबार सरकारी वकिलको कार्यालयमा पेश गरेको हो । सीआइबीले ५० जनालाई प्रतिवादी बनाएर विभिन्न सात कसुरमा मुद्दा चलाउने रायसहित प्रतिवेदन पेश गरेको हो ।

प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेश गर्नुअघि सीआईबीले पत्रकार सम्मेलन गरी घटना अनुसन्धानबारे जानकारी गराएको थियो । प्रहरीले पक्राउ परेका ६ जनाविरुद्ध भने मुद्दा नचलाउन राय दिएको छ । भन्सार एजेन्ट रुक्मिना सुब्बा, ट्याक्सी चालक अशोक लामा, राजन श्रेष्ठ, भन्सारका कर्मचारी श्रीधर टण्डन, कमल परियार र सुरेन्द्र तामाङविरुद्ध भने मुद्दा नचलाउन राय दिएको हो । रुक्मिनालाई बिरामी भएका कारण यसअघि नै छाडिएको थियो ।

अरु भने अहिले पनि हिरासतमै छन् । यस प्रकरणका १८ जना भने फरार छन् । फरारमध्ये १४ जना विदेशी नागरिक र ४ जना नेपाली छन् । सबै जनालाई गरी ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँको बिगो दाबी गर्दै सरकारी वकिल कार्यालयमा प्रतिवेदन पेश गरिएको छ । उनीहरुविरु४ भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकतासम्बन्धी ऐन, मुलुकी अपराध संहिता, राहदानी ऐन, अध्यागमन ऐनसम्बन्धी कसुरको कारबाही अगाडि बढाउन राय दिएको छ । अनुसन्धानमा प्रहरीको ४२ जनाको टिमले ३५ दिन लगाएको थियो ।

अब सरकारी वकिलले प्रतिवेदन अध्ययन गरेर अभियोजन दर्ता प्रक्रिया अघि बढाउने छ । सीआईबीले दिएको रायमा सरकारी वकिलले थपघट गर्नसक्ने छ । भदौ ३१ गते भित्रमा मुद्दा अदालत दर्ता गरिसक्नुपर्नेछ ।

३ अर्ब ५० करोड रुपैयाँ बराबरको सुन तस्करी भएको पुष्टि

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
देश त मारवाडी समुदायले पो चलाएको रहेछः बालेन साह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले देश मारवाडी सेवा समाजले चलाएको टिप्पणी

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारको १५ बुँदे स्पष्टीकरण

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज