सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ, ठमेलको होटलबाट एकजना पक्राउ, सुनको स्वरुप बदल्ने टोखाको गोदाममा राजश्वको छापा



काठमाडौं । राजश्व अनुसन्धान विभागको टोलीले सुन तस्करी प्रकरणमा जोडिएको देखिएपछि काठमाडौंको ठमेलस्थित होटल भियनामा छापा मारेको छ । विभागको टोलीले शनिबार राति होटलमा छामा मारी होटल संचालक बेल्जियमका नागरिक दावा छिरिङलाई नियन्त्रणमा लिएको छ । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका व्यक्ति भएको बताइएको छ ।

त्यस्तै टोखाको गोदामबाट विभागको टोलीले सुन गाल्ने केही मेसिनसमेत बरामद गरेको छ । सुन पगालेर अरु नै वस्तुको स्वरुपमा भारत लैजान गोदाम प्रयोग गरिएको हुनसक्ने विभागका अधिकारीहरुले आशंका गरेका छन् ।

यो प्रकरणमा अहिलेसम्म त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी, भन्सार एजेन्टसहित १८ जना पक्राउ परेका छन्। यही साउन २ गते भन्सार पास भएर ट्याक्सीमा गन्तव्यतर्फ लैजान लागेको सुन राजस्वको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट बाहिरबाट बरामद गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गण्डकीमा डेङ्गुबाट सातजनाको मृत्यु

गण्डकी । डेङ्गु सङ्क्रमणबाट गण्डकी प्रदेशमा हालसम्म तीन पुरुष र चार महिला गरी

आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’

काठमाडौँ । आयुर्वेद चिकित्सामा रमाउनु र कविता लेख्नु कुन काम तपाईंलाई सजिलो लाग्छ

विभिन्न राजमार्गका पाँच खण्ड पूर्ण अवरुद्ध, आठ सडकखण्डमा एकतर्फी आवागमन

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

रामेछापमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ जना घाइते

मन्थली  । रामेछापको खाँडादेवी गाँउपालिका–३ भीरपानीमा मङ्गलबार साँझ यात्रुवाहक बस दुर्घटना हुँदा एक