टोकराज पाण्डेलाई विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी



काठमाडौ । सुन तस्करी प्रकरणपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख परिवर्तन गरेको छ । सरकारले अरुण पोखरेलको ठाउँमा डा. टोकराज पाण्डेलाई पठाएको हो ।

राष्ट्रिय किताब खानाको महानिर्देशकबाट भर्खरै अर्थ मन्त्रालयमा सरुवा भएका पाण्डेलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सार प्रमुखको जिम्मेवारी दिएका हुन् । भन्सार प्रमुख अरुण पोखरेल गत गत असार १७ गतेदेखि बिरामी बिदामा छन् ।

उनी विदामा भएका बेला गतसाता एक क्वीन्टल सुन भन्सार जाँचपास गरी बाहिरिएको थियो । त्यसपछि सरकारले भन्सार प्रमुख परिवर्तन गरेको हो । बिदामा रहेका पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
फ्रान्सद्वारा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति

सुनकोशी र रोशीमा ७० वर्षपछि भयानक बाढी

काठमाडौं । रोशी र सुनकोशीको बाढीबाट सिन्धुली सर्वाधिक प्रभावित भएका छन् । जिल्लाका

मुस्ताङमा बाढीबाट क्षति

म्याग्दी । दुई दिनदेखिको लगातारको झरीका कारण मुस्ताङमा क्षति पुगेको छ । झरीका

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै बढी

इनरुवा (सुनसरी) । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ ।