हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने बालेनको निर्णयविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साविरुद्ध चलचित्र हल सञ्चालकहरू उच्च अदालत पाटन पुगेका छन् । उनीहरूले बुधबार उच्च अदालतमा रिट दायर गरेका छन् ।

काठमाडौं महानगरभित्र हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएपछि हल सञ्चालकहरू रिट लिएर अदालत पुगेका हुन् । दक्षिण भारतीय फिल्म आदिपुरुषको जानकीसम्बन्धी विवादित संवादको विषयलाई लिएर बालेनले काठमाडौं महानगरभित्र कुनै पनि हिन्दी चलचित्र प्रदर्शन गर्न नपाइने भन्दै रोक लगाएका थिए ।

मेयरको निदेशनपछि महानगरका नगरप्रहरी चललिचत्र हलमा पुगेर हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएका थिए । हल सञ्चालकहरूले हिन्दी चलचित्रमाथि रोक लगाउने बालेनको निर्णय कानुनविपरीत भएको भन्दै उच्च अदालतमा रिट दायर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विकास पनि कस्तो ? पुल एकातिर, खोला अर्कैतिर

म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण

खोकनाका ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी संरक्षणको पर्खाइमा

ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान

झापा । जल तथा मौसम विज्ञान विभागले झापाको दुई ठूला नदी बिरिङ र

चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो…

काठमाडौं । अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा