‘अखण्ड भारत’सम्बन्धी नक्साको वास्तविकता बुझ्न दिल्लीस्थित नेपाली दूतावासलाई सरकारको निर्देशन



काठमाडौं । सरकारले ‘अखण्ड भारत’ सम्बन्धी नक्साको वास्तविकता बुझेर प्रतिवेदन बुझाउन दिल्लीस्थित नेपाली दुतावासलाई निर्देशन दिएको छ ।

मंगलबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्रमन्त्री एनपी साउदले भारतको नयाँ संसद भवनमा राखेको ‘अखण्ड भारत’सम्बन्धी नक्साको वास्तविकता बुझेर प्रतिवेदन बुझाउन दिल्लीस्थित नेपाली दूताावासलाई निर्देशन दिएको जानकारी दिएका हुन् ।

भारतीय पक्षसँग छलफल गरी वास्तविकता पत्ता लगाएर दूतावासलाई प्रतिवेदन पठाउन निर्देशन दिएको मन्त्री साउदले बताए । भारतको नयाँ संसद भवनभित्र राखेको ’अखण्ड भारत’ सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तुलगायतका नेपाली भूभाग पनि समेटिएको विषयमा भारत सरकारको आधिकारिक धारणा आएको पनि उनको भनाइ थियो ।

उनले भने, ‘नवनिर्मित भारतीय संसद् भवनमा राखिएको अखण्ड भारतको नक्सा मोरलमा सम्राट अशोकको समयमा साम्राज्यको फैलावट जनाइएको भनी नक्सामा लेखिएको र राजनीतिक विषय नभएको भनी भारत सरकारका तर्फबाट आधिकारिक धारणा भारतका विदेशमन्त्रीबाट आएको समितिलाई जानकारी गराउँछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन

डोल्पा । त्रिदेशीय व्यापारिक सडक भेरी करिडोरको प्रमुख पूर्वाधारका रुपमा रहेको तल्नुबगर ‘बेलिब्रिज’

राष्ट्रिय राजनीतिमा भइरहेको तमासालाई नियालिरहेका छौंः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरु यतिबेला नेपाली राजनीतिमा देखिएको

सदन चल्ने सहज वातावरण नभए अध्यादेशको बाटो रोज्नुपर्ने हुन्छः सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले जनताको अभिमतलाई आधार मानेर निर्णय गर्नुपर्ने थलोका रुपमा

जतिपटक विश्वासको मत लिनु परेपनि पाउनेमा विश्वस्त छुः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि