गोलाप्रथाबाट पेसी तोक्दा न्याय निरुपणमा सहज भएको छः प्रस्तावित प्रधानन्यायाधीश कार्की



काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था सुरु गरेपछि न्याय निरुपणमा सहज भएको बताएका छन् ।

बिहीबार संसदीय सुनुवाइ समितिमा कार्कीले सर्वोच्च, उच्च र जिल्ला अदालतमा गोलाप्रणालीबाट पेसी तोक्दा विगतको भन्दा ६० प्रतिशतले अनियमितता घटेको बताएका हुन् ।

उनले भने,’कानुन व्यवसायीहरुसँग आफूले सोध्दा न्यायिक विचलन ६० प्रतिशत भन्दाबढीले घटेको बताउने गर्नुभएको छ । एकसय प्रतिशत पुर्याउन सकिन्छ भन्ने लागेको छ ।’

२०७८ मंसिर १५ देखि गोलाप्रणालीबाट पेसी तोक्न सुरु भएको थियो । त्यसैगरी कार्कीले अहिले २०६२ देखि ०६९ सम्मका मुद्दा निमिट्यान्न पार्न लागिपरेको बताए ।

उनले भने,’न्यायाधीश अभावका कारण सर्वोच्चको पाँच वर्ष पुरानो र जिल्ला र उच्च अदालतको दुई वर्ष पुरानो मुद्दा नील गर्न हामी सफल भएनौँ । अहिले १५ वर्ष पुराना मुद्दा नील गर्न लागिपरेका छौँ ।’

उनले अटोमेसन प्रणालीबाट पेसी व्यवस्थापन गर्ने विषय अध्ययनको चरणमा रहेको बताए । एकपटक अटोमेसनमा गइसकेपछि त्यसबाट पछाडि फर्किन गाह्रो पर्ने भएकाले पहिले नै पर्याप्त अध्ययन भइरहेको उनको भनाइ थियो ।

उनले आफूले इमान्दार रूपमा सांगठनिक भूमिका निभाएको जिकिर गरे । महान्यायाधीवक्ता र बार एसोसिएसनको अध्यक्षको भूमिका समेत निभाएको भन्दै उनले तीन महिनामै आफूलाई सर्वोच्च अदालतबाट अफर आएको बताए । कार्कीविरुद्ध उजुरी २९ वटा उजुरी परेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ र भाल्चे सबस्टेसन संचालनमा

काठमाडौं । चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण प्रणाली आयोजनाअन्तर्गत नुवाकोटको किस्पाङ गाउँपालिकास्थित

कांग्रेसलाई सरकार चाहिएको छ, संसदीय समिति होइन: अध्यक्ष ओली

वीरगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले सहकारी ठगीको छानबिन

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटक बढे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्ने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।

गर्मी बढेकोबढ्यै, अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौँ । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल