बूढानीलकण्ठ दुर्घटनामा पृथ्वी मल्ललाई चार वर्ष कैदको फैसला



काठमाडौं । बूढानीलकण्ठको ’हिट एन्ड रन’ मुद्दामा चालक पृथ्वी मल्ललाई चार वर्ष कैद र ४० हजार जरिवानाको फैसला भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र जगदीश घिमिरेको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै यस्तो फैसला गरेको हो ।

मल्लले लापरबाही गरेर सवारी साधन चलाई पीडितको ज्यान गएको भन्दै उच्च अदालत पाटनले उनलाई दोषी ठहर गरेको हो । जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध ६ महिना कैद र १० हजार जरिवानाको फैसला सुनाएको थियो ।

तीन वर्षअघि बूढानीलकण्ठमा मल्लले मादक पदार्थ सेवन गरी चलाइरहेको कारले किचेर पैदलयात्री लीला देवकोटाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चौकीडाँडामा रोशी खोलाको बाढीले बगाएपछि अवरुद्ध सडक एकतर्फी सञ्चालन हुनेगरी निर्माण

काभ्रे । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ सीमास्थल चौकीडाँडामा रोशी

महानगरपालिका र कोषबीच पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ । पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्नेगरी कार्यविधिको मस्यौदामाथि छलफल सुरु

सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडानको चाप विस्तारै सामान्य बन्दै

काठमाडौँ । बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडान चाप

मेलम्चीको पानी काठमाडौंमा वितरण, मन्त्री यादवद्वारा शुभारम्भ

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप