एभरेस्ट बैंकको इटहरी शाखाबाट बचतकर्ताको डेढ करोड हिनामिनाको आरोपमा शाखा प्रमुखसहित ९ जना पक्राउ



सुनसरी । सुनसरीको इटहरीस्थित एभरेस्ट बैंकको शाखाबाट बचतकर्ताको डेढ करोड रुपैयाँ बैंककै कर्मचारीको मिलेमतोमा हिनामिना भएको पाइएको छ । बचतकर्ताको रकम हिनामिना गरेर ठगी गरेको आरोपमा प्रहरीले बैंकको इटहरी शाखाका प्रमुखसहित ९ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राईका अनुसार बचतकर्ताको रकम हिनामिना गर्ने कार्यमा शाखा प्रमुख सिन्धुपाल्चोक घर भएका ४२ वर्षीय बिश्वराज शाक्यसहित ७ जना कर्मचारी र अन्य २ जनाको संलग्नता रहेको पाइएको छ ।

एभरेस्ट बैंकको इटहरी शाखाबाट विभिन्न ३३ जना बचतकर्ताको खाताबाट १ करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ चोरी भएको पाइएको डीएसपी राईले बताए। ग्राहकको खाताबाट रकम निकालेर ठगी गरेको कसुरमा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एभरेस्ट बैंकको गाइघाट शाखाका अपरेसन इञ्चार्ज विराटनगर घर भएका ३४ वर्षीय निरज प्रधान, काठमाडौं घर भएका सुपरभाइजर ३७ वर्षीय धावा लामा, कनिष्ठ सहायकहरू भोजपुर षडानन्द नगरपालिका–९ का २७ वर्षीय मनोज घिमिरे, इटहरी–७ का २७ वर्षीय देवराज घिमिरे, सुनसरी अमाहीबेल्हाका २७ वर्षीय रन्जित पण्डित र इटहरी–२ की ३० वर्षीया पवित्रा कटवाल रहेका छन् ।

रकम ठगी गर्ने कार्यमा संलग्न रहेको देखिएपछि धनुषाका शंकर भुजेल र भक्तपुरको सूर्यविनायकका अजय खिउजुलाई पनि पक्राउ गरिएको डीएसपी राईले जानकारी दिए । एभरेस्ट बैंकको गाइघाट शाखाका अपरेसन इञ्चार्ज प्रधानलाई प्रहरीले गत चैत २२ गते पक्राउ गरेको थियो। यस्तै, धनुषाका भुजेललाई वैशाख १० र भक्तपुरका खिउजुलाई वैशाख १३ गते पक्राउ गरिएको हो ।

अनुसन्धानका क्रममा एभरेस्ट बैंकको इटहरी शाखाका इञ्चार्ज सहित समेतको संलग्नता देखिएपछि उनीहरुलाई जेठ ५ गते पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार बैंकका कर्चारीले बैंकको कम्प्युटर आईडी र पासवर्डको दुरुपयोग गरी कनेक्ट–आईपीएसमार्फत् बैंकका विभिन्न ग्राहकको १ करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम झिकेर हिनामिना गरेका देखिएको छ । यस्तै, बैंकिङ सिस्टम दुरुपयोग गरी ग्राहकको निस्क्रिय खातालाई सक्रिय गराइ ३५ लाख ४८ हजार १५० रुपैयाँ झिकेर हिनामिना गरेको पाइएको पनि प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चौकीडाँडामा रोशी खोलाको बाढीले बगाएपछि अवरुद्ध सडक एकतर्फी सञ्चालन हुनेगरी निर्माण

काभ्रे । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ र रोशी गाउँपालिका–७ सीमास्थल चौकीडाँडामा रोशी

महानगरपालिका र कोषबीच पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ । पशुपति गौशाला धर्मशाला काठमाडौँ महानगरपालिकाले सञ्चालन गर्नेगरी कार्यविधिको मस्यौदामाथि छलफल सुरु

सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडानको चाप विस्तारै सामान्य बन्दै

काठमाडौँ । बाढी र पहिरोले सडक सञ्जाल अवरुद्ध भएपछि बढेको हवाई उडान चाप

मेलम्चीको पानी काठमाडौंमा वितरण, मन्त्री यादवद्वारा शुभारम्भ

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री प्रदीप