दुई महिनामा दुई पटक विश्वासको मत लिने हाम्रो प्रधानमन्त्री भाग्यमानीः अध्यक्ष लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई महिनामा दुई पटक विश्वासको मत लिन लागेको भन्दै प्रधानमन्त्री भाग्यमानी भएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष लिङ्देनले फेरि केही दिनमा विश्वासको मत लिने दिन नआओस् भन्दै सचेत गराए । उनले प्रधानमन्त्री प्रचण्डले आफूहरूको साथ छाडेको भन्दै नयाँ यात्राको लागि शुभकामना दिए ।

उनले आफूहरू निश्चित मान्यता र निश्चित समझदारीका आधारमा सरकारमा गएको टिप्पणी गरे । उनले प्रधानमन्त्रीले अकारण बाटो फेरेको बताए ।

उनले भने, ‘उहाँलाई नयाँ गाडी दिएको तर उहाँ पुरानै गाडी चलाउँछु हिँड्नुभयो । पटक–पटक गाडी फेरिरहेकाले अनुभवी भनेर आफूहरुको नयाँ गाडी प्रचण्डलाई चलाउन दिएको तर उहाँले छोडेर हिँडेका हामीहरु आफ्नो बाटोमा हिँडयौं ।’

सबैलाई सरकारमा लैजाने र सबैलाई भागवण्डा गर्ने परिकल्पना यो व्यवस्थाले नगरेको लिङ्देनको भनाइ छ । आफूहरूले नभएर प्रधानमन्त्रीले आफूलाई धोका दिएको लिङ्देनले टिप्पणी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पश्चिम नवलपरासीमा चट्याङ लागेर महिलाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापश्चिम) । पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ

कालीकोटका किसानलाई गोठालो भत्ता !

मान्म (कालीकोट) । जिल्लाको नरहरिनाथ गाउँपालिकाले पशुपालन गर्ने किसानलाई गोठालो भत्ता दिने भएको

मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो

म्याग्दीको विकट खतेन गाउँमा विद्युतीकरण

म्याग्दी ।  म्याग्दीको मालिका गाउँपालिका–३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ। नेपाल