प्रहरी भ्यानबाट फरार भएका थुनुवा ७२ घण्टाभित्र पक्राउ



जनकपुरधाम । धनुषामा प्रहरीको भ्यानबाट हाम फालेर हत्कडीसहित भागेका बलात्कारका अभियुक्त तीन दिनपछि पक्राउ परेका छन् । गत आइतबार साँझ धनुषाको सहिदनगर नगरपालिका ३ स्थित यदुकुहा र सशस्त्र क्याम्पबीचको नहरमा हामफालेर भागेका २८ वर्षीय राजाबाबु मुखिया पक्राउ परेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मंगलबार मध्यराति जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको संयुक्त टोलीले मुखियालाई जनकन्नदनी गाउँपालिका १ ईनर्वास्थित भारतीय सीमा नजिक भारततर्फ जान लागेको र लुकीछुपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

बलात्कार आरोपमा पक्राउ परेका मुखियालाई दोस्रोपटक म्याद थप गरी लैजाँदै गर्दा थुनुवा गाडीमा सुरक्षार्थ खटिएका ६ प्रहरी कर्मचारीविरुद्ध प्रहरी नियमावलीअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको उनले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

  चौतारा । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने  तयारी गरेको छ ।

धौलागिरि हिमाल आरोहणमा गएका पाँच विदेशी नागरिकको मृत्यु

  म्याग्दी ।  धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको

सरकारद्वारा खनालको अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ

ललितपुर खोकनाको सिकाली जात्रा, तस्बिरमा

काठमाडौं । दसैँको सट्टा ललितपुरको खोकनामा सिकाली जात्रा मनाउने गरिन्छ। सिकाली चौरमा रहेको