भन्सार नाकामा रोकिएका सवारी साधन छुटाउन नाडाको आग्रह



काठमाण्डाै, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले भन्सार नाकाहरुमा लामो समय देखि रहेका सवारीका साधनहरु छुटाउने सम्बन्धमा त्यसको सहज निकासका लागि आग्रह गरेको छ ।

नाडाका अध्यक्ष ध्रुव थापा नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँगको छलफलमा उक्त कुराको आग्रह गरेको हो । अध्यक्ष थापाले सरकारले सवारी साधनहरुको आयातमा लगाएको प्रतिवन्ध खुलाए पनि सो आयात प्रतिबन्ध लगाउनु अघि देखि नै नेपाल राष्ट्र बैंकले लागु गरेको अटो लोन/ हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा नल्याएसम्म सवारी साधनहरुको खरिद विक्रीमा कुनै सुधार हुन नसकेको भन्दै यसै कारण सवारी साधन पैठारीकर्ताहरुले भन्सार नाकाहरुबाट आफना सवारी साधनहरु उठाउन नसकेको स्पष्ट पारेका छन् ।

सोही क्रममा नाडाका उपाध्यक्ष निराकार श्रेष्ठले कार, जीप र भ्यान जस्ता सवारी साधनहरुको बजार वार्षिक १७/१८ हजार रहेकोमा अहिले त्यो घटेर ७/८ हजारमा झरेको बताउनु हुँदै सवारी साधनहरुको विक्रीे ८५ प्रतिशतसम्म बैंक ऋणबाटै हुने गरेको समेत बताए । त्यसैगरी सो छलफलमा नाडाका सह-कोषाध्यक्ष पंकज अग्रवालज्यूले एल.सि खोलेर ल्याएका स्पेयर पार्टसहरुको मूल्याङ्कनमा पनि समस्या आईरहेकोले पैठारीकर्ताले पेश गरेको विल मूल्यलाई मान्यता दिन आग्रह गर्दे सन्दर्भ मूल्य सूचिले व्यवसायीहरुलाई धेरै समस्या परिरहेकोले सो सन्दर्भ मूल्य सूचिलाई खारेज गर्नु पर्ने धारणा राखे ।

छलफलको अन्तमा भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाले भन्सार नाकाहरुमा रहेका सवारी तथा ढुवानीका साधनहरुको सम्बन्धमा मन्त्रालयमा समेत पटक पटक छलफल भईसकेको जानकारी दिनुहुँदै नेपालका कुन-कुन भन्सार नाकाहरुमा के कस्ता ब्राण्डका के कति संख्यामा सवारीका साधनहरु (दुई पांग्रे तथा तीन पांग्रे बाहेक) भन्सार परिसरमा छुटाउन बाँकी रहेका छन् त्यसको विवरण यथाशीघ्र विभागमा पठाई दिन अनुरोध गरे ।

यसै क्रममा महानिर्देशक बुढाले विभागले छिटै मूल्याङ्कन गोष्ठिको आयोजना गर्न लागेको समेत जानकारी दिए । छलफलमा नाडाका सचिव विक्रम सिंहानिया लगायत कोषाध्यक्ष मिलनबाबु मल्ल समेतको उपस्थिति रहेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा हेर्नुस्, हिमाली मरुभूमिका रूपमा परिचित उपल्लो मुस्ताङ

हिमाली मरुभूमिका रूपमा चिनिने उपल्लो मुस्ताङको चलिङ–३ बाट देखिएको हरियाली । तस्बिरः धर्मेन्द्र

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

  काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक

प्रहरीले स्थापना गर्यो ‘आर्थिक तथा वित्तीय अनुसन्धान एकाइ’

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले आर्थिक अपराध अनुसन्धान गरी दोषीउपर गरिने कानुनी कारबाहीलाई

धवलागिरि आरोहणको ६५ वर्ष पूरा

गण्डकी । संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ स्थानमा पर्ने धवलागिरि