दिलिप महतो हत्याका दुई अभियुक्तलाई जन्मकैदको सजाय



जनकपुरधाम । धनुषाका दिलिप महतो हत्या प्रकरणमा जिल्ला अदालत धनुषाले दुई जना दोषीलाई जन्मकैदको सजाय सुनाएको छ। जिल्ला अदालतले उनीहरुलाई जनही २५ वर्ष कैद र ५ लाख क्षतिपूर्ति तिराउने फैसला सुनाएको हो ।

अदालतले मतियार ठहर भएका प्रतिवादीलाई भने १२ वर्ष कैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले शुक्रबार यस्तो सजाय निर्धारण गरेको हो। अवैध उत्खनन् विरुद्ध आवाज उठाउने क्रममा महतो क्रुरतापूर्वक हत्या गरिएको थियो ।

जिल्ला अदालतले विपिनकुमार महतो र मुनिन्द्र महतोलाई मुलुकी अपराध संहिताको दफा १७७ को १ अनुसार अपराधमा दोषी ठहर गरेको थियो ।

प्रतिवादीहरू रोशनकुमार यादव, शत्रुघन महतो, सत्यनारायण महतो र विनोदकुमार महतोले भने सफाइ पाएका थिए। फागुन ३ गते जिल्ला अदालतले फैसला सुनाउँदै सजाय निर्धारणका लागि शुक्रबारको पेसी तोकिएको थियो ।

स्थानीय औरही खोला उत्खनन् रोक्न गएका दिलिपको २०७६ पुस २२ गते निर्ममतापूर्वक हत्या गरिएको थियो । क्रसर व्यवसायीले उनलाई चरम यातना दिएर कुटपिट गरी बेहोस बनाएपछि टिप्परले टाउको कुल्चिएर विभत्स हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

हत्यामा संलग्नमाथि जन्मकैदको सजाय माग गर्दै सरकारी वकिलको कार्यालयले ७ जनाविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो।

दिलिपका बुवा रामजनम महतोले दिएको जाहेरीपछि प्रहरीले क्रसर उद्योगीदेखि टिप्पर चालकसम्म नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने

  चौतारा । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने  तयारी गरेको छ ।

धौलागिरि हिमाल आरोहणमा गएका पाँच विदेशी नागरिकको मृत्यु

  म्याग्दी ।  धौलागिरि हिमाल आरोहणमा गएका पाँच जना रुसी पर्वतरोहीको मृत्यु भएको

यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय

काठमाडौँ । सरकारले बाढीपहिरोबाट स्थानीय तहहरुमा भएको क्षतिको मूल्याङ्कन गरी आवश्यकताअनुसार बजेट उपलब्ध

सरकारद्वारा खनालको अध्यक्षतामा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन

काठमाडौँ । सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको छ । अर्थ