प्रहरी महानिरीक्षक सिंह युएइ प्रस्थान



काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (युएइ)को अबुधाबीमा मङगलबारदेखि २६ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरासमेत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

त्रिदिवसीय सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुख, इन्टरपोलका प्रतिनिधि तथा सरोकारवाला निकायबीच आर्थिक, साइबर, मानव बेचबिखन र आतङ्कवाद जस्ता अन्तरदेशीय अपराधको नियन्त्रणलगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।

महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
क्यानद्वारा वार्षिक क्यालेण्डर सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । क्यानले

सातसय वर्ष लामो इतिहास बोकेको लोमान्थाङ दरबार

मुस्ताङ जिल्लाकै महत्त्वपूर्ण र ऐतिहासिक सम्पत्ति लोमान्थाङ दरबार र आसपासका क्षेत्र । करिब

जलवायु परिवर्तनको असर : सगरमाथा क्षेत्रमा खाद्य सुरक्षा र महिलाको पोषणमा चुनौती

सुवास दर्नाल, सोलुखुम्बु । सगरमाथा क्षेत्रमा परम्परागत रूपमा उब्जाइने गहुँ, जौ, फापरजस्ता अन्नबाली

बीआरआई स्थापनाका लागि नेपाल सरकारले दिगो विकास अवधारणा बनाउनुपर्छ

-डा. लछी सिंह । BRI (Belt and Road Initiative)के हो भन्नेबारेको जानकारी समाजमा