काठमाडौंका मेयरविरुद्ध प्रदर्शन



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरुद्ध प्रदर्शन भएको छ । मेयर साहले गैरकानुनी ढंगले महानगरपालिका भित्र डोजर आतंक फैलाउने काम गरेको भन्दै उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति, काठमाडौको आह्वानमा आइतबार दिउँसो माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो ।

प्रदर्शनका क्रममा उनीहरुले जनप्रतिनिधि भएर जनतालाई दुःख दिने काम नगर्न मेयर साहलाई चेतावनी समेत दिएका छन् । मेयर साहले नागरिकको सम्पत्तिको अधिकारमाथि समेत हनन् हुनेगरी डोजर आतंक फैलाउने काम गरेकाले त्यसो हुन नदिनका लागि खवरदारी गर्न आफूहरु प्रदर्शनमा आउनु परेको नागरिक अगुवा सुमन सायमीले बताए ।

उनले जनताको प्रतिनिधि भएर मेयर साहले जनताले दुःख दिने काम गरिरहे सह्य नहुने चेतावनी दिए । त्यसक्रममामा प्रदर्शनकारीहरुले आदिवासीको भूमिको अधिकार सुनिश्चित गर, संविधानले सुनिश्चित गरेको सम्पत्तिको अधिकार सुनिश्चित गर, डोजर आतंक बन्द गर, महानगरको ज्यादति बन्द गरलगायतका नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सुकुम्बासी वस्तीमा डोजर आतंक बन्द गर्न बालेनलाई ओलीको चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्बासी बस्तीमा डोजर नचलाउन आग्रह

एक खेलअघि नै वेस्ट इन्डिज ‘ए’ द्वारा टी–२० सिरिज कब्जा

  काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ ।

पर्यटक आगमनमा १२ प्रतिशतले बृद्धि, सबैभन्दा बढी भारतीय

काठमाडौँ ।  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ ।

मटिहानीका खरानीका घर फेरि बौरिने प्रतीक्षामा पीडित

महोत्तरी । बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन