क्रिकेट प्रतियोगिताका विषयमा छानबिन गर्न प्रहरीलाई गृह मन्त्रालयको निर्देशन



काठमाडौं । गृह मन्त्रालयले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशानुसार म्याच फिक्सिङ भएको, आयोजक सम्पर्क बाहिर रहेको खेलाडीको पारिश्रमिकमा अनियमिता भएको जस्ता समाचार आइरहेकाले त्यसको आवश्यक छानबिन गर्न प्रहरीलाई भनेको हो ।

‘टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आयोजक सम्पर्क बाहिर गएको, खेलाडीको पारिश्रमिकमा अनियमितता भएको र स्पट फिक्सिङ भएको जस्ता समाचार निरन्तररुपमा आइरहेकाले सो विषयमा के–कसो भएको हो आवश्यक छानबिन गरी जो–जे गर्नुपर्ने हो, यथाशीघ्र गर्नु गराउनु हुन माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्रीज्यूको निर्देशानुसार अनुरोध छ’, मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यही पुस ९ गतेदेखि त्रिवि मैदानमा प्रतियोगिता जारी छ । प्राप्त निर्देशनको आधारमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपालथोकमा बगाएको सडक सञ्चालन गर्न रोशी र घ्याम्पे खोलालाई डाइभर्सन गरिँदै

राधिका बुढाथोकी, कमलामाई। यातायातका साधनले व्यस्त हुने विपी राजमार्ग यतिबेला सुनसान जस्तै छ।

स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग खुल्यो, सामान बोकेका कन्टेनर गुड्न थाले

रसुवा । पछिल्लो समयको भारी वर्षाका कारण अवरुद्ध स्याफ्रुबेँसी–रसुवागढी राजमार्ग सञ्चालनमा आएको छ

जसले जीबी राईसँग मिले सूर्य दर्शन सहकारीको ३ करोड रकम आफ्नो खातामा लगिन्

पोखरा । पोखराको सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको

उपत्यका पृतनालाई प्रधानसेनापति ट्रफी

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगिता उपत्यका पृतना प्रथम, नम्बर १६ बाहिनी