भक्तपुरबाट ९ लाख ५० हजार बराबरको सुनका गहना चोरी
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको छ ।
महानगरीय प्रहरी वृत्त थिमिका अनुसार कोठामा कोही नभएको अवस्थामा अपरिचित व्यक्तिहरूले ढोकाको ताला फुटाई दराजमा रहेको सुनका गरगहना चोरी गरेको हो ।
घटनाबारे प्रहरीले आजैदेखि अनुसन्धान अगाडि बढाएर चोरीमा संलग्नको खोजी सुरु गरेको प्रहरी वृत्त थिमिको मुद्दा शाखाले जानकारी दिएको छ ।