रामेछापमा खानेपानी कार्यालयका इन्जिनियर र प्लम्बर २८ लाख रुपैयाँ घुससहित पक्राउ



काठमाडौं । रामेछापको खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर नवराज सत्याल र प्लम्बर बखतबहादुर थापा २८ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

सत्याल र थापालाई १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेकसहित बुधवार पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा खटिएको अख्तियारको केन्द्रीय कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूले रामेछापको इन्छिनगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीबापत रकम लिएको खुलेको अख्तियारले जनाएको छ ।

उनीहरूलाई चेक र रकम लिइसकेको अवस्थामा इन्जिनियरको निवास रहेको खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मंगलबारदेखि मेलम्चीको पानी काठमाडौं ल्याइने

  सिन्धुपाल्चोक (मेलम्ची) । मंगलबार(भोलि) बिहानदेखि मेलम्चीको पानी काठमाडौँको सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा

पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९