विश्वविख्यात स्की पर्वतारोही हिलारीको मनास्लुमा स्की खेल्ने क्रममा निधन



काठमाडौं । विश्वविख्यात स्की पर्वतारोही हिलारी नेल्सन मृत फेला परेकी छन् । मनास्लु हिमालमा सोमबारदेखि बेपत्ता भएकी नेल्सनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । जिम मोरिसनसहित मनास्लु हिमालमा स्की गर्न गएकी नेल्सनको शव बुधबार भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी लिलाराज लामिछानेले नेल्सनको शव सामागाउँ ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । नेल्सनसँगै स्की गर्न मनास्लु पुगेका मोरिसन भने सकुशल रहेका छन् । नेल्सन मनाङतर्फ पर्ने भीमथाङमा हराएकी थिइन् ।

नेल्सनले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गरेकी थिइन् । ८ हजार मिटरमाथिको दुईवटा हिमालको चुचुरोबाट स्की गर्दै अवरोहण गरेको कीर्तिमान पनि उनको नाममा रहेको छ ।

अमेरिकाको सियाटलमा जन्मिएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संचार मन्त्रालयले भन्यो-सरकारका कारण इन्टरनेट सेवा अवरुद्ध भएको होइन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही

सर्वोच्चले विवादित अडियो उपलब्ध गराउने तिमिल्सिनालाई बयानमा बोलायो

काठमाडौँ : सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित अडियो उपलब्ध गराउने ललितपुर गोदावरीका राजकुमार

सरकारले निर्माण व्यवसायीको झण्डै ५० अर्ब भुक्तानी गर्न बाँकी

काठमाडौँ । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणलाई चुस्त र प्रभावकारी बनाउने भएको

घुस लिएको आरोपमा पोखरा महानगरका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । घर निर्माण सम्पन्नको प्रमाणपत्रका लागि सेवाग्रहीबाट घुस लिएको अवस्थामा नियन्त्रणमा लिइएका