निहारिका राजपूत बलात्कारका आरोपी धनुषाबाट पक्राउ



काठमाडौं । प्रहरीले निहारिका राजपूत प्रकरणमा आरोपित शिवराज श्रेष्ठलाई पक्राउ गरेको छ। मंगलबार साँझ उनलाई धनुषाबाट पक्राउ गरिएको हो । प्रहरी प्रवक्ता टेकप्रसाद राईले आरोपित श्रेष्ठलाई मंगलबार साँझ पक्राउ गरिएको जानकारी दिए ।

आफूमाथि बलात्कार भएको आरोप लगाउँदै आएकी निहारिकाले डीएन परीक्षणको माग गर्दै आएकी छन्। बलात्कारबाटै बच्चाको जन्म दिएको दाबी गर्दै आएकी उनले राजधानी केन्द्रित आन्दोलन गर्दै आएकी छन् । केही दिनअघि उनले राष्ट्रपति कार्यालय अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयाससमेत गरेकी थिइन्।

प्रहरीले तत्कालै उद्धार गरेर अस्पताल पुर्याएको थियो । घटनालगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले निहारिका प्रकरणमा चासो देखाएकी थिइन्। उनले महान्याधिवक्ता र कानुनमन्त्रीलाई डाकेर निकारिका प्रकरणका सम्बन्धमा छलफल गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान

गण्डकी । पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी

हमासको हमलामा ज्यान गुमाएका नेपालीका परिवारलाई इजरायली सरकारले सधैं सहयोग गर्ने

काठमाडौं ।  पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतङ्कवादी समूह हमासले बन्दी बनाएका सबैलाई

दैवी प्रकोप उद्धार कोषमा एकैदिन चार करोड ७९ लाख सहयोग प्राप्त

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोमबार विभिन्न संस्थाबाट चार करोड ७९

विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि