कीर्ते मुद्दामा दोषी ठहर भएका डीएसपी सिंहलाई ८ महिना कैद र १५ हजार जरिवानाको फैसला



काठमाडौं । सरकारी कागजात कीर्ते गरेर प्रहरी सेवामा प्रवेश गरेको आरोपमा दोषी ठहर भएका डीएसपी रमेशबहादुर सिंहलाई ८ महिना कैद र १५ हजार जरिवानाको फैसला भएको छ ।

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले सिंहलाई दोषी ठहर गरेको हो । त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्धा दर्ता गरेलगत्तै सिंह निलम्बित भएका थिए । विशेष अदालतले भ्रष्टाचार मुद्दामा गत चैतमै डीएसपी सिंहलाई दोषी ठहर गरेको थियो।

फैसलाको पूर्णपाठमा डीएसपी सिंहलाई ८ महिना कैद र १५ हजार जरिवनाको फैसला सुनाइको छ । जन्ममिति सच्याएर प्रहरी सेवामा प्रवेश गरेको पुष्टि गर्दै सिंहले भ्रष्टाचार गरेको ठहर गर्दै कैद र जरिवना सुनाइएको हो । सिंहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को (१) बमोजिको कसुर गरेको पूर्णपाठमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई

खोटाङ ।  खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित जयरामघाटका दिनेश राईको परिवार एक सातादेखि

दोलखामा भएको झडपमा एक युवकको मृत्यु

  दोलखा । दोलखाको विगु गाउँपालिकामा झगडापछि बिरामी परेका एक युवकको मृत्यु भएको

बाढीपहिरोमा परी २४६ को मृत्यु, १७८ घाइते, १८ बेपत्ता

  काठमाडौँ । यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

दोलखाको बिगुका साबित्री र सुरेश वली श्रोत नखुलेको १९ लाख नगदसहित पक्राउ

काठमाडौं । प्रहरीले स्रोत नखुलेको १९ लाख रुपैयाँसहित दुई जनालाई काठमाडौंमा पक्राउ गरेको