डीआर कङ्गोमा शान्ति सेनाको शिविरमा आक्रमण



काठमाडौं । संयुक्त राष्ट्रसङ्घले डीआर कङ्गोमा चर्किएको द्वन्द्वका कारण तीन शान्ति सैनिकले ज्यान गुमाएका र अन्य केही घाइते भएको पुष्टि गरेको छ। नेपाली सेनाले त्यहाँ परिचालित नेपाली सैनिकहरू सुरक्षित रहेको जनाएको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले द्वन्द्व चर्किएको क्षेत्रमा नेपाली शान्ति सैनिकहरूको ठूलो टोली नरहेको र त्यहाँ खटिएका स्टाफ अधिकृतहरूलाई सुरक्षित स्थानमा लगिएको जानकारी दिएका छन् । डीआर कङ्गोको पूर्वी सहर बुटेम्बोमा अवस्थित राष्ट्रसङ्घीय टोलीका दुई शिविरमा भएका झडपमा तीन शान्ति सैनिक र एक दर्जन प्रदर्शनकारी मारिएको विवरण आएका छन् ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले शान्ति सैनिकमाथि गरिएको आक्रमण युद्ध अपराध हुन सक्ने भन्दै डीआर कङ्गोको सरकारलाई उक्त घटनाको अनुसन्धान गर्न ध्यानाकर्षण गराएका छन् । ज्यान गुमाएका शान्ति सैनिकमध्ये दुई जना भारतीय सीमा सुरक्षा बलका सदस्य रहेको उल्लेख गर्दै भारतका विदेशमन्त्री एस जयशङ्करले उनीहरूको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको शान्ति मिशन मोनुस्कोले हिंसा र राष्ट्रसङ्घका सम्पत्ति लुटपाट भएका घटनामा प्रदर्शनकारीको भेषमा आएका अपराधीहरू संलग्न रहेको आरोप लगाएको छ ।

उसका अनुसार उनीहरूले कङ्गोका प्रहरीको हतियार खोसेर गोली चलाएका थिए । खनिज पदार्थमा धनी डीआर कङ्गोको पूर्वी भागमा दशकौँदेखि सशस्त्र समूहहरू सक्रिय छन्। तिनले गर्ने हिंसात्मक गतिविधि नियन्त्रण गर्न विफल भएको भन्दै डीआर कङ्गोमा मोनुस्कोप्रति आक्रोश व्यक्त हुँदै आएको छ । मोनुस्कोका कार्यवाहक प्रमुख खासिम जानले सङ्गठित समूहले आफ्ना शिविरहरूलाई घेराउ गरेको र हेलिकप्टरहरूलाई निसाना बनाएर गोली चलाएको बताए ।

तर उनले संयुक्त राष्ट्रसङ्घले कुनै पनि प्रदर्शनकारीमाथि गोली प्रहार नगरेको बताए । देशको पूर्वीभागमा एकसय वटाभन्दा बढी विद्रोही समूहहरू क्रियाशील छन् । सत्तारूढ समूहको युवा सङ्गठनले सोमबार आयोजना गरेको प्रदर्शन हिंसात्मक भएको थियो । प्रदर्शनकारीहरूले राष्ट्रसङ्घीय मिशनको स्थानीय मुख्यालय र गोमास्थित शिविरमा प्रवेश गरी लुटपाट गर्ने प्रयास गरेपछि अवस्था बिग्रिएको हो ।

डीआर कङ्गोमा १ हजार १६३ शान्ति सैनिक परिचालित छन् । तीमध्ये १,१२५ जना कन्टिन्जन्टका सैनिक, ११ प्रहरी र बाँकी स्टाफ अधिकारी तथा पर्यवेक्षक हुन् । नेपाली सेनाका प्रवक्ता सिलवालले भने,’सबै नेपाली शान्ति सैनिकहरू सुरक्षित छन्। नेपाली सेनाको जङ्गी अड्डाले निरन्तर रूपमा नजिकबाट अवस्थालाई नियालिरहेका छौँ र हामी त्यहाँका कमान्डरसँग निरन्तर सम्पर्कमा छौँ ।’

उनले अहिले तनाव देखा परेको ठाउँमा खटिएका केही पर्यवेक्षक तथा स्टाफ अधिकारीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताए । डीआर कङ्गोमा नेपाली सेनाको एउटा द्रुत प्रतिकार्य टोली, एउटा इन्जिनियरिङ एकाइ र एउटा गण छन् । ती सैन्य एकाइहरू बुनिया र बेनीमा परिचालित छन्।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा तीन जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको

एसीसी प्रिमियर कपमा नेपालले आज युएईसँग सेमिफाइनल खेल्दै

काठमाडौं । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज संयुक्त

भारमा आमचुनावः २१ राज्यमा १०२ सिटका लागि मतदान सुरु

भारतमा आजदेखि आम चुनाव हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि डेढ

कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन महानगरको निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको