अब इन्जिनियरिङ्ग प्राक्टिस गर्न अनिवार्य लाइसेन्स परीक्षा उत्तीर्ण गर्नुपर्ने
काठमाडौं । बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाल इन्जिनियरिङ्ग परिषद(पहिलो संशोधन विधेयक), २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश हुने भएको छ ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै बुधबारकै राष्ट्रियसभाको बैठकमा मन्त्री राईले नेपाल इन्जिनियरिङ्ग परिषद(पहिलो संशोधन विधेयक), २०७६ पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यो प्रस्ताव पारित भएसँगै अब इन्जिनियरिङ्ग प्राक्टिस गर्न अनिवार्य लाइसेन्स परीक्षा उत्तिर्ण गर्नुपर्नेछ । यससँगै इन्जिनियरिङ्ग पेशा थप प्रतिष्ठित र मर्यादित बन्नेमा आशा गर्न सकिन्छ ।