पाँच सय पर्यटक बोकेर जनकपुरधाम आइपुग्यो ‘भारत गौरव पर्यटक रेल’



जनकपुरधाम । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ बिहीबार जनकपुरधाम आइपुगेको छ । पाँच सय पर्यटक साथ आएको रेललाई जनकपुरधाम रेल्वे स्टेशनमा भव्य स्वागत गरिएको छ ।

स्वागतका लागि मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, उद्योग पर्यटन, वन मन्त्री शत्रुधन महतो रेल्वे स्टेशन पुगेका थिए । भारतको राजधानी नयाँदिल्लीबाट मंगलबार साँझ हिँडेको रेल रामायण सर्किटमा सञ्चालन भइरहेको छ । उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरधामस्थित धार्मिक क्षेत्रलाई जोडिएको छ ।

यसले जनकपुरधामको पर्यटनलाई बढाउने काम भएको मधेश प्रदेशका उद्योग, पर्यटन र वन मन्त्री शत्रुधन महतोले वताए । नेपालमा भारतबाट कति पर्यटक आउँछन यसको यकिन तथ्यांक नराखिएपनि जनकपुरधाममा विभिन्न उत्सवको नाममा ५ लाख भन्दा बढी पर्यटक आउने गरेको स्थानीयवासीहरु बताउँछन् ।

जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले नेपालका अन्य स्थलमा घुमाउने योजना ल्यायो भने पर्यटन क्षेत्रमा क्रान्ति आउने वताए । सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देखाइएको छ । भारतीय पर्यटकहरुले सीता माताको माइतीमा भव्य स्वागत भएको वताए । जनकपुरधाम पुग्ने बितिकै पर्यटकहरुले भुमीलाई चरणस्पर्श गरेका थिए । भारतीय पर्यटकहरुले पनि आफू जनकपुरधाम आएपछि धन्य भएको वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ