केपी ओलीको पालामा एसपीपीमा सहभागी हुन सेनाले पत्र लेखेको खुलासा



काठमाडौँ । नेपाली सेनाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)मा सहभागी हुनका लागि पठाएको पत्र सार्वजनिक भएको छ । नेपाली सेनाले एसपीपीका लागि कुनै पनि सम्झौता र समझदारी नगरेको दाबी भोलिपल्ट पत्र सार्वजनिक भएको । बिहीबार नेपाली सेनाले एसपीपीमा सहभागी हुन पत्र नपठाएको बताएको थियो ।

तर बिहीबार तत्कालिन प्रधानसेनापनि राजेन्द्र क्षत्रीले तत्कालिन अमेरिकी राजदूतलाई पठाएको पत्र सार्वजनिक भएको हो । सन् २०१५ को अक्टोवर २७ (२०७२ को कात्तिक १०) मा नेपाली सेनाका तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपालस्थित अमेरिकी राजदुत अलाइना बी. टेप्लिजलाई सम्बोधन गर्दै गरेको पत्राचारमा नेपाली सेनाका लागि सहयोग गर्ने विषयहरु उल्लेख छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद ईश्वर पोखरेलले नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. सुशील कोइराला प्रधानमन्त्री भएका बेला सेनाले पत्र पठाएको आरोप लगाएका थिए । तर, पत्र सार्वजनिक भएसँगै केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेपछि पत्र गएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बौधीमाई नगरपालिकाका मेयरद्वारा प्रभु साहविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

रौतहट । आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध रौतहट जिल्ला अदालतमा अवहेलना मुद्दा

पाथीभरामा केबलकार निर्माण विवाद थप चर्किँदै, बन्दले पूर्वको जनजीवन प्रभावित

विराटनगर । पाथीभरामा केबलकार निर्माणको निर्णय खारेजीको माग गर्दै संघर्षरत समूह, मुक्कुमलुङ संरक्षण

अहङ्कारको सीमा

-डा. गोविन्दशरण उपाध्याय । हाम्रो ब्रह्माण्ड प्रत्येक सेकेन्डमा ६०० किलोमिटर फैलिरहेको छ ।

राज्यप्रति युवापुस्ताको किन धर्मरायो विश्वास ?

काठमाडौँ। राजनीतिक परिवर्तन पछाडि मुलुकले जनअपेक्षाअनुसार आर्थिक समृद्धिको लक्ष्य पक्रन सकेको देखिन्न ।