कर्णाली प्रदेश लोकसेवा आयोगद्वारा पहिलो पटक परीक्षा सञ्चालन



कर्णाली । मुलुकमा सङ्घीयता संरचना कार्यान्वयमा आएपछि कर्णाली प्रदेश लोकसेवा आयोग सुर्खेत पहिलोपटक आयोगको परीक्षा सञ्चालन गरेको छ । आयोगले शनिबार विविध सेवाअन्तर्गत खुला तथा समावेशी सहायकस्तर पाँचौँ तहको महिला विकास निरीक्षक पदको परीक्षा सञ्चालन गरेको हो ।

प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ बमोजिम गठित आयोगले खोलेको महिला विकास निरीक्षक पदको ५१५–५१६÷०७८÷०७९ को विज्ञापनअनुसार खुलामा आठ र महिलातर्फ एक गरी नौ कर्मचारी माग गरेको थियो । विज्ञापनअनुसार शनिबार सञ्चालित परीक्षामा दुई हजार १९७ परीक्षार्थी सम्मिलित भएको आयोगका सचिव भूपेन्द्र थापाले जानकारी दिए ।

“परीक्षा मर्यादित वातावरणमा सम्पन्न भएको छ”, उनले भने, “प्रदेश निजामती तथा स्थानीय सेवाअन्तर्गत भएको परीक्षा सञ्चालनका लागि ११ परीक्षा केन्द्र व्यवस्था गरिएको थियो ।” तीमध्ये ११ केन्द्राध्यक्ष, ८७ सहायक केन्द्राध्यक्ष र ११९ निरीक्षकको परिचालन गरिएको उनले बताए ।

आयोग अध्यक्ष रामप्रसाद उपाध्यायले सङ्घीयताको इतिहासमा पहिलोपटक परीक्षा सञ्चालन गर्ने अवसरले आयोग परिवारलाई गौरवान्वित तुल्याएको बताए । आफ्नै सरकारअन्तर्गत गठित प्रदेश लोकसेवा आयोगले सञ्चालन गरेको परीक्षाले परीक्षार्थीहरूलाई सङ्घीयताको अनुभूति गराएको उनको भनाइ थियो ।

आयोगले सञ्चालन गरेको महिला विकास निरीक्षकको परीक्षामा सहभागी हुन पाउँदा निकै खुशी लागेको परीक्षार्थी शिवा शाहीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमान बर्खास्तदेखि तिनकुनेको हिंसासम्म, यस्ता छन् वर्ष २०८१का प्रमुख घटना

काठमाडौँ । अघिल्ला वर्षहरू झै वर्ष २०८१ पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका

वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा गुरूङ निर्वाचित

काठमाडौं ।  वैदेशिक रोजगार व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा

मर्स्याङ्दी जलविद्युत् केन्द्रः ६९ मेगावाट क्षमताको केन्दबाट ३० मेगावाट मात्र उत्पादन

तनहुँ । तनहुँ  जिल्लाको आँबुखैरेनी गाउँपालिका-४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट

कोरला नाकाको भन्सार कार्यालयमा कर्मचारी व्यवस्थापन गर्न समस्या

मुस्ताङ। कोरला नाकाबाट घरायसी प्रयोजनका लागि चाहिने मालसामान ल्याउन कुनै रोकावट नभएको मुस्ताङ