सुनसरीको इटहरीमा बम विष्फोट, दुई जना घाइते



सुनसरी । सुनसरीको इटहरीमा बम विष्फोटमा परी दुई जना घाइते भएका छन् । गएराति इटहरी उपमहानगरपालिका–२ को नवजागृति टोलको एकघरमा बम विष्फोट भएको हो । बम विष्फोटमा परी नवजागृति टोलका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार थापाको डेरामा बम विष्फोट भएको थियो । विष्फोटमा परी घाइते भएका थापाको विराटनरआँखा अस्पताल र गुरुङलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ । परिषद्ले हिन्दू राष्ट्रको माग गर्दै फागुन १५ गतेबाट सशस्त्र संघर्षको घोषणा गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आश्विन शुक्ल चौथी तिथि वृद्धि: आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

  काठमाडौँ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

  काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

एन्फाले सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई जनही ८ लाख दिने

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका प्रत्येक