घुससहित पक्राउ परेका मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता



काठमाडौं । भवन निर्माण सम्पन्न भएपश्चात अन्तिम बिल भुक्तानीका लागि ५ लाख रुपैयाँ घुस लिने रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देवाही गोनाहीका मेयर धर्मेन्द्र प्रसाद पटेलसहित उनका सहयोगी अशोक प्रसाद पटेलविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानीका लागि घुस मागेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।

उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौं टंगालस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई गत फागुन १५ गते ५ लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो।

अख्तियारले मेयर पटेलसहित उनका सहयोगीलाई समेत पक्राउ गरेको थियो । घुससहित पक्राउ परेका दुवै जनाविरुद्ध आइतबार जनही ५ लाख रुपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना र अधिकतम १ वर्षसम्म कैद सजायको मागदाबी गरेर मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आश्विन शुक्ल चौथी तिथि वृद्धि: आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै

  काठमाडौँ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

  काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका