पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ
तनहुँ । नायक पल शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । नाबालिग बलात्कार घटनाको अनुसन्धानका लागि जोशीलाई शुक्रबार दिउँसो प्रहरीले दमौलीबाट नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
जिल्ला अदालतले जोशीमाथि पनि अनुसन्धनका प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो । नाबालिगलाई करणी गरेको अरोपमा शाह फागुन १५ गतेदेखि प्रहरी हिरासतमा छन् । पल प्रहरीको हिरासतमा रहुन्जेल जोशीलाई पनि हिरासतमा लिई अनुसन्धन गरिने प्रहरीले बताएको छ ।