अवैध सुन भित्राउन विमानस्थलमा खटिएका कर्मचारी नै संलग्न



काठमाडौं । विदेशबाट अवैधरूपमा ल्याएको सुन भित्राउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीकै संलग्नता रहेको खुलेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारी लक्ष्मण गुरागाईँले विमानस्थलबाट सुन प्रवेश गराउन सहयोग गरेको खुलेपछि उनीसहित सुन ल्याउने व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लविपुरका ३४ वर्षीय कमल घिमिरेले विदेशबाट ल्याएको एक किलो १६५ ग्राम तौलको १० थान सुनको सिक्री नेपाल भित्राउन गुरागाईँले सहयोग गरेका थिए ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार गुरागाईँले अध्यागमन क्षेत्रमा रहेको शौचालयमा गई घिमिरेले ल्याएको सुनको सिक्रीहरू लिइ भन्सार जाँच क्षेत्र पास गराई पुनः सोही क्षेत्रको शौचालयमा आएर सुन फिर्ता दिएको खुल्न आएपछि उनलाई पनि पक्राउ गरिएको हो । घिमिरे फ्लाई दुबईको उडानद्वारा दुबईबाट शुक्रबार नेपाल आएका थिए ।

उनीमाथि जाँच गर्दा उक्त सिक्री लुकाइछिपाइ लैजान लागेको अवस्थामा फेला पारेपछि पक्राउ गरिएको र अनुसन्धानका क्रममा गुरागाईँको संलग्नता देखेपछि उनलाई पनि नियन्त्रणमा लिइएको छ । सुनसहित दुवै जनालाई थप अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

एन्फाले सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका परिवारलाई जनही ८ लाख दिने

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा परी मृत्यु भएका ६ खेलाडीका प्रत्येक

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,