सहन्यायाधिवक्ता थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिलको कार्यालय, पोखराका तत्कालीन सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उच्च सरकारी वकिलको कार्यालय, पोखरामा हुँदा घुससहित रंगेहात पक्राउ परेका थापाविरुद्ध अख्तियारले ६१ लाख २ हजार रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको आरोपसहित मुद्दा दायर गरेको हो ।

२०४५ सालमा सरकारी सेवामा प्रवेश गरेका थापाले विभिन्न कार्यालयमा कार्यरत रहँदा ६१ लाख २ हजार ७६ रकम भ्रष्टाचार गरेको आयोगले जनाएको छ । भ्रष्टाचार गरेको आरोप लागेपछि उनी निलम्बित भएका थिए । आयोगकाअनुसार थापाको हालको सम्पत्ति तथा खर्च मूल्यांकन २ करोड ३७ लाख ७८ हजार १ सय ९७ रुपैयाँ देखिएको छ ।

तर, त्यसमध्ये १ करोड ७६ लाख ७६ हजार १ सय २० रुपैयाँको श्रोत खुलेको आयोगले जानकारी दिएको छ । त्यस्तै, आयोगले दायर गरेको मुद्दामा थापाकी श्रीमती अन्जु खड्कालाई पनि प्रतिवादी बनाएको छ । थापाले उनकी पत्नीको नाममा जोडेको सम्पत्तिको स्रोत नदेखिएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने