१८ करोड राजस्व छली गरेको अभियोगमा चारजना विरुद्ध मुद्दा दायर



काठमाडौं । राजस्व अनुसन्धान विभागले १८ करोड २७ लाख विगो बराबरको राजस्व छली गरेको आरोपमा चारजनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

यसरी मुद्दा चलाइएकामा काठमाडौँको चुच्चेपाटी बस्ने ब्रिङ मिडिया डिष्ट्रिब्युसन प्रालिका सञ्चालक चन्द्रबहादुर अधिकारी, काठमाडौँ महानगरपाकिला–१० बस्ने स्टार इण्डिया प्रालि भारतका आधिकारीक बिक्रेता जुपिटर मिडियाका सञ्चालक अञ्जली अरोरा, ब्रिङ मिडियाका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्री रहेका छन् ।

उक्त कम्पनीले विभिन्न फर्म/कम्पनीबाट वस्तु तथा सेवा बेगरको कर बिजक मात्र लिई, सम्झौताअनुसारको आय लुकाई राजस्व छली गरेको विभागले शुक्रबार सूचना जारी गरी जनाएको छ ।

उक्त कम्पनीको नाममा खोलिएका बैंक खातामा जम्मा भएको रकमलाई वास्तविक कारोबारमा समावेश नगरी नपाउने खर्चसमेत दावी गरेको पाइएको छ । यस्तै मूल्य अभिवृद्धि करतर्फ क्रेडिट दाबी र आयकरतर्फ खर्च दाबी गरी मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको विभागको अनुसन्धानमा खुलेको जनाइएको छ । विभागले विगो असुल उपर गरी शतप्रतिशत जरिवाना तथा कैद सजायको माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एक वर्षदेखि सम्पर्कविहीन विपिन जोशीको अवस्था अझै अज्ञात

कञ्चनपुर  । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीका विपिन जोशी गत वर्ष इजरायलमा हमास समूहको आक्रमणका

यसवर्षको मनसुन बाहिरियो

काठमाडौं । नेपालका केही स्थानबाट यसवर्षको मनसुन बाहिरिएको छ । आइतबार सुदूरपश्चिमसहित कर्णालीका

यस्ता छन् दसैंका लागि सहुलियत दरमा बिक्री गर्न काठमाडौं ल्याइएका खसी, बोका र च्याङ्ग्रा

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बडादसैँका अवसरमा सुपथ मूल्यमा खसी,

न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश राउत

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्ने