शाखा अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश



काठमाडौं । उच्च अदालत पाटनले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत) को पदपूर्तिसम्बन्धी विज्ञापन यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार न्यायाधीश रामबहादुर थापाको एकल इजलासले पुस १८ गतेसम्म विज्ञापन प्रक्रिया यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

लोकसेवा आयोगले मंसिर २९ गते पदपूर्तिको विज्ञापन गरेको थियो । अदालतले पुस १८ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ । छलफलमा एकल इजलासबाट जारी अल्पकालीन आदेशले निरन्तरता पाएमा विज्ञापनको बाँकी प्रक्रिया रोकिने छ। आदेश खारेज भएमा विज्ञापन अनुसारको पदपूर्ति अघि बढ्ने छ । यसअघि २०७६ सालमा आयोगले सञ्चालन गरेको परीक्षाको नतिजा प्रकाशन नभएसम्म प्रक्रिया रोक्न निवेदकहरुले माग गरेका छन्।

राजबहादुर सार्की , नमोनाथ प्रसाद यादव , दिनेश भट्टराई, रवीन्द्र ओखेडा र अंकित शर्माले रिट दर्ता गरेका हुन् । कर्मचारी समायोजनमा असन्तुष्ट पक्षले सर्वोच्च अदालतमा दायर रिटमा जारी आदेशका कारण अघिल्लो वर्षको शाखा अधिकृतको अन्तिम नतिजा पनि रोकिएको छ। पछिल्लो समय अदालतमा उक्त रिटको पेसी तोकिए पनि मुद्दा हेर्न नमिल्ने सूचीमा परेको थियो। रिटमा अन्तिम सुनुवाइ नहुँदा नतिजा प्रकाशन हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एनसिक्युजीको मस्यौदामै एलडिसीको असन्तुष्टि, सहमति जुट्ने अपेक्षा

प्रगति ढकाल, काठमाडौं । नेपाललगायत अति कम विकसित मुलुकहरूको समूह (एलडिसी) ले नयाँ

अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता

किमाथाङ्का । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ खहरेस्थित अरुण नदीमा पूजा गर्ने क्रममा एक जना

कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना हुँदा ३१ जना घाइते

कञ्चनपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा

व्यापार घाटा चुलिँदै, चार महिनामा थपियो साढे चार खर्ब घाटा

  काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे