एमसीसीबारे सत्तारूढ पाँच दलको साझा धारणा बन्छः श्रममन्त्री श्रेष्ठ



दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने बताएका छन् ।

गृहजिल्ला तनहुँको दमौलीमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले सत्तारुढ गठबन्धनमा एमसीसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको र छिट्टै साझा धारणा सार्वजनिक गरिने बताए ।

एमसीसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उनको भनाइ थियो । फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले श्रम क्षेत्रमा वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन, नीतिगत सुधार गर्न, श्रम कूटनीतिलाई प्रभावकारी बनाउन आफू केन्द्रित रहेको बताए ।

देशभित्र रोगजारीको अवसर वृद्धि गर्ने, स्वरोजगारीका लागि प्रोत्साहित गर्ने तथा सम्मानजनक वैदेशिक रोजगारीका लागि विभिन्न सुधारका काम अघि बढाइएको उनले बताए । वैदेशिक रोजगारीका नाममा हुने ठगी र छलीका घटना अन्त्य गर्न कार्यदल बनाएको भन्दै उनले वैदेशिक रोजगार नीति तथा कार्ययोजना पुनरावलोकन गर्न लागिएको बताए ।

रोजगारीका लागि तुलनात्मक लाभ भएका रोजगार गन्तव्य मुलुकहरूको खोजी गर्ने र उक्त मुलुकमा नेपाली श्रमिकको हकहित संरक्षण र संवद्र्धनका लागि पहल गर्नेसमेत उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेल कम्पनीको नक्कली लोगो मोनिटरमा टाँसेर बिक्री गर्ने दुईजना पक्राउ

काठमाडौं । प्रहरीले नक्कली लेवलिङ गरेर कम्प्युटर बिक्री गरेको आरोपमा एक विदेशी नागरिकलाई

२४ करोड बिगो माग दाबी गर्दै कैलाली मालपोतका तत्कालीन प्रमुखसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर, कैलालीका तत्कालीन कार्यालय प्रमुख

विकास पनि कस्तो ? पुल एकातिर, खोला अर्कैतिर

म्याग्दी । जलवायु परिवर्तन र नदीको पानीको बहावको राम्ररी विश्लेषण नगरी पुल निर्माण

खोकनाका ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी संरक्षणको पर्खाइमा

ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा ‘खा’, ‘गा’, ‘फङा’ र ‘कमल’ गरी चारवटा पोखरी